घुस सहित मालपोत कार्यालयका २ कर्मचारी प्रक्राउ

0
532

मंसिर ५,२०७७ दाङ : दाङमा अख्तियारको टोलीले मालपोत कार्यालय तुलसीपुरमा कार्यरत २ कर्मचारीलाई ३ लाख बढी घुस रुकमसहित पक्राउ गरेको छ।

आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरेलाई ३ लाख २० हजार घुससहित पक्राउ गरेको कार्यालयले जनाएको छ।

जग्गा नाप जाँच गरी पुर्जा बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ।

SHARE