रेसुंगाका कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु

0
538

मंसिर ५,२०७७ गुल्मी : गुल्मीका कोरोना संक्रमितको उपचारको क्रममा रुपन्देहीमा मृत्यु भएको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नं १ का ६६ बर्षिय पुरुषको कोरोना बिशेष अस्पताल रुपन्देहीमा शुक्रबार दिउँसो मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । कात्तिक २७ गते उनमा संक्रमण पुष्टि भएको र उनमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको अर्यालले बताए ।
जिल्लामा संक्रमितको संख्या ८२० जना रहेकोमा ७३९ जना निको भएर घर फर्किएका छन् भने ७० जना होम आइसोलेशनमा रहेका छन् । यो संगै जिल्लामा संक्रमणका कारण १२ जनाको ज्यान गइसकेको छ ।

SHARE