संक्रमणका कारण आज २२ जनाको मृत्यु

0
369

मंसिर ५,२०७७

काठमाडौं : बितेको २४ घण्टामा नेपालमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ।

आज शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ।

SHARE