आज पनि घट्यो सुनको मूल्य

0
386

मंसिर ५,२०७७काठमाडौँ :सुनको मूल्य आज पनि घटेको छ । आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।

SHARE