वडाध्यक्ष मृतावस्थामा फेला

0
812

मंसिर ५,२०७७ महेन्द्रनगरः कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् ।
५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्केका उनी साढे १० बजे मृत भेटिएको थापाले जानकारी दिए।

SHARE