
मंसिर ५,२०७७ : सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि कार्तिक २९ गते अस्पताल भर्ना भएकी गौरीगंगा नगरपालिका–७ की ७५ वर्षीय महिलाको आज शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो।






