श्रममन्त्री बिष्टको दशैं : ८९ वर्षिय आमाबाट टिका

0
476

अनिल खत्री
२१ असोज, गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्टले गृह जिल्ला गुल्मी आएर आफ्नी आमाको हातबाट टिका लगाएका छन् । वडादशैंको टिका लगाउन गृह जिल्ला इस्मा गाउँपालिका वडा नम्बर ४ घरमा आएका मन्त्री बिष्टले आफ्नी आमा ८९ वर्षिय चिन्ताकला बिष्टको हातबाट टिका एबं आर्शिरवाद लिएका हुन् ।
बिभिन्न कारण बस बिगत ९ वर्ष पछि मात्रै आमाको हातबाट टिका लगाउन पाएको मन्त्री बिष्टले बताए । आमाको आग्रह अनुसार दशैंको टिका लगाउनको गृह जिल्ला आएको मन्त्री बिष्टले बताए ।
मन्त्री बिष्टले आमासँगै आफ्ना दाई इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको हातबाट पनि टिका लगाएका छन् । परिवारसँगै मन्त्री बिष्टले इच्छुक कार्यकर्ताहरुलाई पनि टिका ग्रहरण गरेका थिए ।
पर्वहरुले पारिवारिक मेलमिलाप, सद्भाव, भातृत्व बढने मन्त्री बिष्टले बताए ।    दशैं पर्व खुसी साटने पर्व भएकाले यस्तै खुसी आम नागरिको मुहारमा सधैभरी ल्याउनको निम्ति सरकार पनि लागि परेको बताए ।
दशैंको टिका लगाउन गुल्मी आएका मन्त्री बिष्ट बुधवार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

SHARE