मंसिर ४,२०७७ कास्की : गण्डकी प्रदेशमा बिहीबार विभिन्न जिल्लाका थप एक सय ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या १० हजार छ सय ८८ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा विभिन्न जिल्लाका गरी १४० जनामा सङ्क्रमणको पुष्टि गरिएको छ।