नेपालमा आज२१ सय तीन संक्रमित थपिए

0
249

मंसिर ४,२०७७ काठमाडौं : आज बिहीबार नेपालमा थप २१ सय तीन जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २८ हजार १०६ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २८ सय ५८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ८५ हजार ६३८ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ७६ पुगेको छ।

SHARE