पत्रकार गोकर्ण गौतमको निधन

0
528

काठमाडौं : पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षीय पत्रकार गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको पत्रकार सामिप्यराज तिमल्सिनाले जानकारी दिए।

टाउकोमा नसाको समस्या आएपछि न्यूरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो। शल्यक्रिया सफल हुन नसक्दा उनको निधन भएको तिमल्सिनाले बताए। ।

मकवानपुरका स्थायी बासिन्दा गौतम लामो समयदेखि कला, साहित्य र सामाजिक विषयमा पत्रकारिता गरेका थिए। उनी यसअघि नेपाल साप्ताहिकमा कार्यरत थिए। उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तिमल्सिनाले जानकारी दिए।

SHARE