गुल्मीका संक्रमितको रुपन्देहीमा मृत्यु

0
262

मंसिर ४,२०७७ गुल्मी : रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गुल्मीका एक संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार निमोनियाको समस्या रहेका ती व्यक्तिमा गत कात्तिक २३ गते पीसीआर पोजिटिभ देखिएको थियो । उपचारार्थ भर्ना भएका उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ

SHARE