भेन्टिलेटर र आइसियुमा ३ सय ८० संक्रमित उपचाररत

0
416

काठमाडौं : मुलुकभर लक्षणसहितका कोभिड(१९ संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या दिनप्रतिदिन बढदै गएको छ। पछिल्लो २४ घण्टामा आइसियुमा थप ८ जना र भेन्टिलेटरमा १६ जना संक्रमित थपिएका छन्। मंगलबार आइसियुमा ३ सय १८ र भेन्टिलेटरमा ३८ संक्रमित उपचाररत थिए

बुधबार देशभरका विभिन्न अस्पतालका आइसियुमा ३ सय २६ र भेन्टिलेटरमा ५४ सहित ३ सय ८० जना उपचाररत छन्।

आइसियु ९सघन उपचार कक्ष० मा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्योभन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास अर्थात भेन्टिलेटरमा राखेर उपचार गरिन्छ।

गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। जसअनुसार १ सय १९ आइसियु, भेन्टिलेटरमा २९ र होम आइसोलेसनमा १७ हजार ७ सय ९० छन्।

लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा १ हजार ८ सय ९६ जना छन्। आइसियुमा ५५ र भेन्टिलेटरमा ४ जना छन्। प्रदेश १ को होम आइसोलेसनमा ३ हजार ४३, आइसियुमा ४९ र भेन्टिलेटरमा ७ संक्रमित छन्।

गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ८ सय ५७,आइसियुमा ७९ र भेन्टिलेटरमा १२ जना छन्। प्रदेश २ मा १० संक्रमित आइसियुमा र भेन्टिलेटरमा २ जना र होम आइसोलेसनमा ६ सय ५६ संक्रमित छन्।

कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या १ सय ९४ पुगेको छ। आइसियुमा ९ जना उपचाररत छन्। त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या ९ सय ८५ र आइसियुमा ५ जना संक्रमित उपचाररत छन्।

SHARE