बारामा सुमो जिप दुर्घटना, एक जनाको मृत्यु

0
270

२०७७ मंसिर ०२
बारा : पिलुवा कलैया सडकखण्डको बेलवाडी श्रीपुरमा मंगलबार मध्याह्‍न सुमो जिप दुर्घटनामा परी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। अन्य केही गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका १७ जैतापुरकी ४० वर्षीया सुखी धामी भएको प्रहरीले जनाएको छ। जैतापुरबाट कलैया जाँदै गरेको ना १ ज २८७९ सुमो कलैया उपमहानगरपालिका २४ को वेलवाडीमा सडक नजिकैको विद्युतीय पोलमा ठोक्किएर दुर्घटना भएको हो तीव्र गतिका कारण घुमाउरोमा अनियन्त्रित भई सुमो पोलमा ठोक्किएको प्रहरीको भनाइ छ।

दुर्घटनामा सुमोका चालक रामभजन धामी ,सावित्री चौधरी, सरस्वती धामी लगायत गम्भीर घाइते भएका छन्। अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। उनीहरुको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ।

चालक रामभजनको अवस्था नाजुक देखिएपछि थप उपचारका लागि काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ। रामभजनले १५ दिन पहिला मात्रै सुमो खरिद गरेका थिए। घटनास्थलमा मृत्यु हुने धामी उनकै दिदी हुन्। आफैँले किनेको सुमोमा आफन्तसहित टोलछिमेकका महिलाहरुका लागि छठको सामान खरिद गर्न कलैया जाँदै गर्दा सुमो दुर्घटना भएको हो।

SHARE