मंसिर १,२०७७
काठमाडौं : नेपालमा सोमबार ३५४ जना संक्रमितलाई सघन कक्षमा राखी उपचार भइरहेको छ। आइसियुमा तीन सय १० र भेन्टिलेटरमा ४४ जना उपचारत छन्।
आइसियु सघन उपचार कक्षमा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्यो भन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास कक्ष अर्थात भेन्टिलेटरमा राखेर उपचार गरिन्छ।
गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। जसअनुसार ९२ जना आइसियुमा, भेन्टिलेटरमा २५ र होम आइसोलेसनमा १८ हजार ३ सय ७७ जना रहेका छन्।
लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा दुई हजार २०३ जना छन्। आइसियुमा ६४ र भेन्टिलेटरमा चार जना छन्। प्रदेश १ को होम आइसोलेसनमा तीन हजार ६८५, आइसियुमा ४६ र भेन्टिलेटरमा ११ संक्रमित छन्।
गण्डकी प्रदेशको होम आइसोलेसनमा एक हजार ९६७,आइसियुमा ७८ र भेन्टिलेटरमा २ जना छन्। प्रदेश २ मा १५ संक्रमित आइसियुमा र भेन्टिलेटरमा दुई जना उपचाररत छन्। होम आइसोलेसनमा ७६८ संक्रमित छन्।
कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २५८ पुगेको छ। आइसियुमा १० जना उपचाररत छन्। त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या एक हजार १०२ र आइसियुमा पाँच जना संक्रमित उपचाररत छन्