नेपालमा आज ११९७ जना संक्रमित थपिए

0
374

मंसिर १,२०७७ काठमाडौं : नेपालमा सोमबार थप ११ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप नौ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ३० पुगेको छ।

SHARE