कोरोनाबाट भेरी अस्पतालमा ७४ वर्षीय वृद्धको मृत्यु

0
446

मंसिर १,२०७७ बाँके : नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ५, कञ्चनपुरका ७४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगका अनुसार मधुमेह र उच्च रक्तचाप सम्बन्धित बिरामी भएका ती पुरुषलाई कात्तिक २१ गते स्वास्थ्यमा समस्या आएर महाकाली अस्पताल महेन्द्रनगरमा भर्ना गरिएको र सोही दिन स्वाब संकलन गरिएकोमा २३ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।

SHARE