दार्चुलामा संक्रमितको मृत्यु

0
263

मंसिर १,२०७७ दार्चुला : कोरोना संक्रमणबाट दार्चुलामा एक संक्रमितको मृत्यु भएको छ। श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो भएको थियो।

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत कर्मचारीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा बैतडीको सतबाजमा मृत्यु भएको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब सङ्कलन गरी कोरोना परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले जानकारी दिए।

SHARE