जन्मदिन मनाउदा आगलागीमा परेर सात जनाको ज्यान गयो

0
314
सांकेतिक तस्बिर

मंसिर १,२०७७ः हङकङमा एउटा जन्मदिन मनाउन भेला भएको बेला भएको आगलागीमा परेर सात जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा धेरै जसो नेपाली रहेको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।
ज्यान गुमाउनेमा चार जना पुरुष र तीन जना महिला छन् । मृतकहरूको पूरा विवरण आइनसकेको खबरमा उल्लेख छ ।क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा आगलागी भएको हो । आगलागीमा अरु १८ जना घाइते भएको र उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूको विभिन्न चार वटा अस्पतालमा उपचार भइरहेको छ ।
अपार्टमेन्टमा नेपाली रेस्टुरेन्ट सञ्चालनमा रहेको तर दर्ता भने नभएको खबरमा उल्लेख छ । हङकङ सरकारले आगलागीको कारण पत्ता लगाउन छानबिन गर्न आदेश दिएको छ ।

SHARE