देशभरको मौसममा आंशिकदेखि सामान्य बदली, केही स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको सम्भावना

0
233
फाइल फोटो

मंसिर १,२०७७ काठमाडौं : नेपालका बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ।

देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको छ ।

त्यस्तै प्रदेश नं १ का पहाडी भु–भागमा आंशिक बदली हुनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना छ ।

त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ ।

त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

SHARE