पार्टी भित्रको बहस कुर्सीका लागि होइन्ः अध्यक्ष प्रचण्ड

0
348
फाइल फोटो

कात्तिक ३०,२०७७ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा भित्रको अहिलेको बहस कुर्सीका लागि नभएको प्रष्ट पारेका छन् ।
मानवअधिकारवादी नेता पद्मरत्न तुलाधनको दोश्रो स्मृति दिवसका सन्दर्भमा आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालले आइतवार साँझ गरेको भर्चुअल अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले कोभिड–१९ को महामारीले देशको स्थिति खराब भएको बताए ।

आफूले नियन्त्रण तथा रोकथमाका लागि राष्ट्रिय संरचना बन्नुपर्यो र केन्द्रमा प्रधानमन्त्रीकै नेतृत्वमा र तल्लो तहसम्म संचरना बन्नुपर्यो भन्ने प्रस्ताव गरेको बताए उनले भने, ‘तर, दुर्भाग्य सरकारले गम्भीर रुपले लिएन । व्यंग्य गर्ने तरिकाले लिइएकोले अहिले जनताको अवस्था बेहाल भएको छ ।’

विभिन्न जाति, समुदाय, भाषा वा पहिचान भनेपछि एकाथरि मानिसहरुले सुन्नै नचाहने अवस्था हरेक राजनीतिक दल र सरकारमा समेत विद्यमान रहेको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले यो अवस्थाको अन्त्य गर्नका लागि आफू जीवनपर्यन्त लागिरहने बताए ।

SHARE