
कात्तिक ३०,२०७७ धरान : धरानस्थित बिपी कोइराला स्वास्थ्य कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ८० वर्षीय वृद्धको मृत्यु भएको छ।
पहिलेदेखि नै दीर्घरोगबाट ग्रसित रहेका ती वृद्धको स्वाब परीक्षण गर्दा कोरोना संक्रमित रहेको पाइएपछि कात्तिक २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह(प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए। उनका अनुसार संक्रमितको आज दिउँसो साढे ४ बजे मृत्यु भएको हो।






