पूर्वअध्यक्षको कोरोनाबाट निधन

0
333

कात्तिक २९,२०७७ झापा : झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कुन्दन भट्टराईको कोरोना संक्रमणका कारण शुक्रबार साँझ निधन भएको छ।

काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताए। फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो

SHARE