सुनसरीमा १९ वर्षीय संक्रमित युवतीको मृत्यु

0
247

कात्तिक २९,२०७७ सुनसरी : सुनसरीको वराहक्षेत्र नगरपालिका ५ का १९ वर्षीय युवतीको कोभिड संक्रमणका कारण मृत्यु भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज बिहान साढे ४ बजे मृत्यु भएको हो।

मृतक युवती प्रतिष्ठानमा दीर्घ रोग भएकोले उपचारमा थिइन्। उनलाई २८ गते कोरोना पुष्टि भइ सोही दिन अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह(प्रवक्ता डा।आशिष श्रेष्ठले जानकारी दिए। प्रतिष्ठानमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको छ।

SHARE