गुल्मीका कोरोना संक्रमित पुरुषको रुपन्देहीमा मृत्यु

0
330

कात्तिक २८,२०७७ गुल्मी : गुल्मीका कोरोना संक्रमित एक पुरुषको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको छ ।
गुल्मीको रेसुंगा नगरपालिका वडा नं १० स्थायी घर भइ हाल वडा नं १ मा बसोवास गर्ने ६८ बर्षिय पुरुषको रुपन्देहीको कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा गएराती मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । मृतकमा कात्तिक २० गते संक्रमण पुष्टि भएको र उनी मधुमेहका बिरामी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
गुल्मीमा ७८८ जना संक्रमितहरु मध्ये सात सय जना निको भएको र ७९ जनाको होम आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यो संगै गुल्मीमा संक्रमणका कारण १० जनाको ज्यान गएको छ ।

SHARE