रौतहटमा युवतीको गोली हानी हत्या

0
507

कात्तिक२७,२०७७रौतहटः रौतहटमा एक युवतीको हत्या भएको छ।

जिल्लाको माधव नारायण नगरपालिका वाड नंं। ७ लौकाहाटोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता साहको हत्या भएको हो। घर मै सुतिरहेको अबस्थामा राति १० देखि ११ बजेको बिचमा ति युवतीको हत्या भएको सो वडाका वाड अध्यक्ष दिलिप यादवले जानकारी दिएका छन्। युवतीको टाउकोमा गोली हानेको उनले जानकारी दिए।

घटनाबारे अनुसन्धान गर्न घटनास्थल आफू पुगिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धीबिक्रम शाहले जानकारी दिएका छन्।

SHARE