हजार बिगाहा जग्गाको मालिक स्वर्गद्धारी आश्रम ऋणमा

0
814

दिवाकर पोख्रेल
देउखुरी, कात्तिक २६ गते । स्वर्गद्धारी आश्रमको दाङ देउखुरीका १२ मौजामा गरी एकहजार ५० विगाहा जग्गा छ । बजार आसपासका क्षेत्रमा रहेका जग्गामा ठूला ला भवनहरु बनेका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ४ अर्नहवामा रहेको ४० बिगाहा भन्दा बढी जग्गामा अहिले ठूला ठूला भवन सहित बजार नै बनेको छ । तर प्युठानमा रहेको स्वर्गद्धारी आश्रम संचालन गर्न मुस्कील छ । आश्रमको जग्गा लमही बजार आसपास सहित महत्वपुर्ण स्थानमा मुल्यवान जग्गामा भूमिहिनको नाममा बसोबास छ ।
१२ मौजामा रहेको खेतमा प्रशस्त धान उत्पादन हुन्छ तर स्वर्गद्धारी,घोराही र लमही बनगाउँको सहायक आश्रममा रहेको गाइ लाई दानापानी पु¥याउन समस्या छ । मुख्य आश्रम स्वर्गद्धारी र सहायक आश्रम बनगाउँ घोराही गरेर सातसय बढी गाइ छन् । गाइलाई आवश्यक पर्ने पराल पु¥याउन गारो छ । स्वर्गद्धारी आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरी अधिकारीले बार्षिक ९० लाख बढीको पराल मात्रै खरिद गर्ने जानकारी दिनुभयो । उहाँले जग्गा फालाफाल भएपनि आश्रमले १० विगाहा जग्गामा मात्रै खेती गर्छ,अन्य जग्गामा सुकुम्बासीको भूमिहिनको नामा अरुको रजाइ छ, परालको लागि भिक्षा माग्नुपर्ने बाध्यता छ, भन्नुभयो ।
स्वर्गद्धारी आश्रम संचालन गर्न समस्या हुनेथालेपछि आश्रमले किसानले जोतभोग गर्दै आइरहेको मोही नभएको घरखेत जग्गा छोडन आग्रह गरेको छ । स्वर्गद्धारी आश्रमका सदस्य डा. धु्रव श्री ले मोही लागेको बाहेकको जग्गा आश्रमलाई छाडीदिन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, कोरोनाका कारण स्वर्गद्धारी आश्रमको नियमित खर्च,गाइपालन खर्च देखि अन्य खर्च संचालन समस्या हुन थालेपछि यस्तो आग्रह गरेका हौ । उहाँले भन्नुभयो हजारौ विगाहा जमिनको मालिक आश्रममा पालिएका गाइ भोकै हुने र लकडाउनमा पुजा आजा नहुँदा ऋणमा संचालन गर्नुपर्ने बाध्यता छ । कोरोना सङक्रणको कारण मन्दिरमा भेटी नउठेपछि आश्रम ऋणमा चलेको छ । दुइ करोड भन्दा बढी ऋण पुगेको आश्रमले जनाएको छ ।
किसानको आफ्नै समस्या
आश्रमको जग्गा जोतभोग गर्ने किसानलाई प्रभावमा पारी रकम तिरेर भूमाफियाबाट भित्रभित्रै कारोबार भएको आश्रम प्रशासन पनि स्विकार्छ । तर स्वर्गद्धारी यसरी भुमाफियाका कारण बास्तविक जोतभोग गर्दै आइरहेका किसान अप्ठेरोमा परेको स्वर्गद्धारी गुठी पिडित किसान संघर्ष समितिका अध्यक्ष शहदेव चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, लामो समय सम्म आफ्नो नाममा जग्गा नहुने,जोतभोग गरेर पुस्तौँ विताउनु परेपछि न्युन मुल्य लिएर किसानले बिक्री गरेको हुनसक्छ,यसबाट स्वयम बास्तविक किसान विस्थापित हुने हुनेखानेले उपभोग गर्ने भएको छ ।
यता किसानहरुले पनि आफुहरुको समस्या हल गर्न माग गरेका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ७ उच्चानिम्बुका बिष्णुप्रसाद चौधरीले स्वर्गद्धारी आश्रमको पाँच बिगाहा जग्गा जोतभोग गर्दा तीन पुस्ता वित्दा समेत आफुहरुले पाउनुपर्ने मोही हक नपाएको गुनाशो गर्नुभयो । यसैविच स्वर्गद्धारी गुठिपिडित किसान संघर्ष समिति दाङले केहिदिन पहिले लमहीमा पत्रकार सम्मेलनको आयोजना गरी किसानले जोतभोग गरेको जग्गा खोस्ने काम नगर्न स्वर्गद्धारी आश्रमलाई आग्रह गरेको थियो ।

SHARE