तोलामा ३४ सय घट्यो सुनको भाउ

0
271

कात्तिक २५,२०७७ काठमाडौं : छापावाला सुन तोलामा ३ हजार ४ सयले घटेर प्रति तोला ९४ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार छापावाला सुन तोलाको रु ९८ हजार २ सयमा कारोबार भएको थियो। त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलाको ७० ले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ।

SHARE