आज फाल्गुनन्द जयन्ती

0
956

कात्तिक २५,२०७७ काठमाडौं : राष्ट्रिय विभूति एवं किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज मनाइँदै छ।

१९४२ कात्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका–२ चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको सम्मान गर्दै उनको जन्मजयन्ती धुमधामका साथ मनाउने गर्दछन्।

फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

SHARE