वालिङ नगरपालिकाद्धारा कोरोना प्रभावितलाई बिउबिजन र कृषि औजार

0
387

कात्तिक २४,२०७७ स्याङ्जा : वालिङ नगरभित्र रहेका कोरोना प्रभावित कृषकलाई मागका आधारमा बिउबिजन तथा कृषि औजार वितरण गरिएको छ।

ुकोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजनाु कार्यक्रमअन्तर्गत पहिलो चरणमा विदेशबाट फर्केका र स्वदेशमै रहेका एक हजार कृषकलाई तालिम र सामग्री वितरण गरिएको हो।

युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा विदेशबाट फर्केका २४० र स्वदेशमा रहेका ८०० कोरोना प्रभावित कृषकलाई पहिचान गरिएको थियो।

पहिचान भएका कृषकलाई उद्यमशीलता तथा नवप्रर्वतन कोष अन्तर्गत कम्तीमा २० जनालाई ५० हजार नगद र सामग्रीसमेत वितरण गरिने दियालो युनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले बताए। उक्त कार्यक्रम वालिङ नगरभित्र सञ्चालित ३० वटा विषयगत सहकारीमार्फत वितरण गरिने डुम्रेले बताए।

SHARE