शल्यक्रिया मार्फत कपिलबस्तुमा तिम्लिया बच्चाको जन्म

0
460

कात्तिक २४,२०७७ कपिलबस्तु : कपिलस्तु अस्पतालमा शल्यक्रियाबाट पहिलो पटक तिम्लिया बच्चा जन्माइएको छ । कपिलवस्तु नगरपालिका– २ लम्तीयाकी २५ बर्षिया सामिना खातुनबाट शल्यक्रिया मार्फत २ छोरी र एक छोरा जन्माइएको हो । आईतावर दिउसो एक घन्टाको शल्यक्रिाय मार्फत सामिनाले बच्चा जन्माएकी थिईन । दिउसो १ बजेर १४ मिनेटमा ढाई किलो वजनको पहिलो छोरीको जन्म भएको थियो । यस्तै १ बजेर २५ मिनेटमा २ किलो एक सय ग्रामको छोरा र १ किलो ६ सय ग्रामको छोरी जन्म भएको अस्पतालको प्रसुति बार्डले जनाएको छ ।

अस्पतालकी डाक्टर पुनम लामाको अगुवाईमा आधा दर्जन स्वास्थयकर्मीको टोली शल्यक्रियामा सहभागी थिए । टोलीमा डाक्टर संतोष झा, रमेश महतो, रबिना क्षेत्री लगायत थिए । आफनो जीवनकालमा पहिलो पटक शल्यक्रिया मार्फत तिम्लिया बच्चा जन्माउने काममा जुटेको डाक्टर लामाले बताईन।सामिनाले दोश्रो बेतको रुपका एकै पटक ३ बच्चा जम्माएकी हुन । उनको ३ बर्षको छोरी पनि छ। सामिना गर्भवति भएको २ महिना देखि नै अस्पतालको निगरानीमा थिईन ।

SHARE