
कात्तिक २४,२०७७रुपन्देही : रुपन्देहीमा थप दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। सोमबार बिहान बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल एक पुरुष र भैरहवास्थित भिम अस्पतालमा एक महिला संक्रमितको मृत्यु भएको हो।
बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो। कात्तिक २२ मा संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए। उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेको डा। गौतमले बताए।
त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ। कात्तिक १७ मा संक्रमण पुष्टि भएकी सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको सोमबार बिहान ६ः२० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। नारायण पोख्रेलले जानकारी दिए।







