अपरान्हपछि पहाडी भू–भागमा आंशिक बदलीहुने

0
837
फाइल फोटो

कात्तिक २४,२०७७ काठमाडौं : हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।

हाल प्रदेश न १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका धेरै भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतय सफा रहने छ ।

तर अपरान्हपछि पहाडी भू–भागको मौसममा आंशिक बदली रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

SHARE