२८ सय १७ थपिए, २८ सय १२ मुक्त भए

0
280

कात्तिक २३,२०७७ काठमाडौं : नेपालमा आज थप २८ सय १७ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २८ सय १२ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ५७ हजार ९२६ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २१ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ११ सय ८ पुगेको छ।

SHARE