कोभिड खोप खरिदका लागि पहल :प्रदीप ज्ञवाली

0
737

कात्तिक २२,२०७७ काठमाण्डौं :नेपाल सरकारले कोरोना भाइरस कोभिड–१९को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो ।

परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओको मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल मा ल्याउन सरकार सक्रिय रहेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको समाचार गोरखापत्र दैनिककले छापेको छ ।

SHARE