बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु

0
286

कात्तिक २२,२०७७ बाँके : बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको शुक्रबार अस्पतालमै मृत्यु भएको छ ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नं। ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं। १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं।१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं। ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

SHARE