
कात्तिक २१,२०७७ काठमाडौं : आज नेपालमा २९ सय ९ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ४५ सय जना संक्रमित कोरोनामुक्त भएका छन्।






