प्रचण्डले दिउँसो ३ बजे बोलाए सचिवालयको बैठक

0
357
फाइल तस्बिर

कात्तिक २१,२०७७ काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय आज बस्दै छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन्।

बैठक पार्टी कार्यालय धुम्बाराही दिउँसो ३ बजे बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी ओली र उनी पक्षका सदस्यहरू उपस्थित हुने वा नहुने जानकारी प्राप्त भएको छैन।

शुक्रबार बिहान आफूसँग भेटका लागि खुमलटार पुगेका सुवास नेम्वाङलाई पनि प्रचण्डले बैठकबारे जानकारी गराएका थिए।

पार्टीमा विवाद बढेपछि प्रचण्ड र माधव नेपाल पक्षले बैठकको माग गरेका थिए।

SHARE