गण्डकीमा ४१ सङ्क्रमित थप

0
259

कात्तिक २१,२०७७ कास्की :गण्डकी प्रदेशका दुई जिल्लामा थप ४१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रवार जारी गरेको पहिलो विज्ञप्तिमा योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या आठ हजार पाँच सय ८४ पुगेको जानकारी दिइएको छ।

थपिएका ४१ जनामध्ये ३८ जना कास्कीकै मात्र रहेका छन्। उनीहरू रुपा गाउँपालिका–५ का एक जना, मादी गाउँपालिका–६ का एक जना, पोखरा महानगरपालिका–७ का चार जना, ८ का दुई जना, १० का एक जना, १२ का दुई जना, १३ का तीन जना, १४ का चार जना, २६ का दुई जना, २७ का ११ जना, २९ का एक जना, ३० का चार जना र ३१ का दुई जना रहेका छन्।

बाँकी रहेका तीन जना लमजुङमा थपिएका सङ्क्रमितहरू हुन्। उनीहरूको स्थानीय तह भने नखुलेको निर्देशनालयले जनाएको छ।

SHARE