संक्रमणका कारण अहिलेसम्मकै धेरै ३० जनाको मृत्यु

0
278

कात्तिक १९,२०७७ काठमाडौं : पछिल्लो २४ घन्टामा ३० जनाको संक्रमणका कारण मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमणबाट एकदिनमा मृत्यु भएको सबैभन्दा धेरै मृत्यु हो । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १ हजार ३४ पुगेको छ ।

देशैभर पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार ८ सय ४४ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ३ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये १ लाख ४४ हजार ९ सय ७८ जना कोरोना मुक्त भएका छन् ।

SHARE