भुसालको निधनप्रति दुःख व्यक्त

0
459
फाइल फोटो

कात्तिक १५,२०७७ अर्घाखाँची : नेपाली कांग्रेसले पार्टीको अर्घाखाँची जिल्ला कार्यसमितिका पूर्वसभापति एवं सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालकी धर्मपत्नी निनुको निधनप्रति दुःख व्यक्त गरेको छ ।

उनको यही कात्तिक ८ गते सन्धिखर्क–२ स्थित आफ्नै निवासमा निधन भएको थियो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शोक वक्तव्यमार्फत पार्टीका तर्फबाट उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

निनु कांग्रेसमा क्रियाशील रहनाका साथै नेपाल शिक्षक संघ अर्घाखाँचीको सहसचिव थिइन् । उनले नेपालका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

SHARE