कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु

0
303

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट आज १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ५ सय ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । संक्रमितमध्ये १ लाख ३१ हजार २ सय २२ जना कोरोना मुक्त भएका छन् ।

SHARE