बाँकेका कोरोना संक्रमितको मृत्यु

0
286

कात्तिक १५,२०७७ बाँके : बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा दाङका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको उपचारका क्रममा शनिवार बिहान ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

ती पुरुषलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो। उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो। योसँगै बाँकेमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ।जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना रहेका छन्

SHARE