Thursday, June 4, 2026

फुलबुट्टे चोलि सजिएर बोलको गीतको म्यूजिक भिडियो सुटिङ सम्पन्न

0

अजय खड्का
माघ २४, काठमाडौ :फुलबुट्टे चोलि सजिएर बोलको गीतको म्यूजिक भिडियो सुटिङ सम्पन्न भएको छ । आइतबार गोदबारीमा उक्त गितको छायाँकन गरिएको थियो । लाइफ मिडियाका कार्यकारी प्रमुख आशिष रिजालको छायांकनमा भएको म्युजिक भिडियोको निर्देशन अरुन लिम्बु र कारियोग्राफ सामुयल लामाले गर्नुभएको छ ।

 

यस म्युजिक भिडियोमा चर्चित मोडल तथा  नायिका रस्मिला तामाङ र चर्चित डान्सर शुनिल घतानीको दमदार अभिनय तथा नृत्य देख्न सकिनेछ, भने एदेन होस्टेल लगाएत अन्य विद्यार्थीहरुको कोरस नृत्य यस भिडियो समावेश गरिएको छ ।

 

पुष्पा तामाङको शब्द र राजिव लामाको संगीत रहेको यस गीतमा चर्चित गायिका मेलिना राई र नव उदयमान गायक राजिव लामाले स्वर दिएका छन् । नेपाली लोक संस्कृती झल्किने टिपिकल लोक लयमा आधारित यस गीत द्धारा येशुख्रीष्ट यस संसारमा पापिहरुलाई उद्धार गर्न साथै हामिहरुलाइ अनन्तको जिवन दिन आउनुभयो यसकारण समय छदै येशुमा विश्वास गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको  यस म्युजिक भिडियोका निर्माता दानियल वाइबाले बताउनुभयो । साथै सह निर्माता एज्रा तामाङले यस गितमा सु–समचारीय शब्दहरु र त्यस माथि पनि झ्याउरे भाकामा रहेको कारण मनोरञ्जनात्मक रुपमा पनि सुन्न र हेर्न लाएकको हुने बताउनुभयो ।

 

कृपा इन्टरटेनमेण्टको पहिलो गीतिएल्बम ‘फुलबुट्टे चोलि सजिएर’ को बजार ब्यावस्थापन एदेन मल्टिप्रपोज मार्फत हुने सह निर्माता तामाङको भनाइ छ । उक्त गितको म्युजिक भिडियो साल्भेसन टिभि युट्युब च्यानल मार्फत अबको केही साताभित्र सार्वजनिकहुनेछ ।

बिदा धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

0

 

 

माघ २४,२०७९काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ।

मङ्गलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।”

 

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ।

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

0

माघ २४,२०७९ देउखुरी : लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

मन्त्री बन्नुभएका अन्य दुईजना पनि बिना विभागीय रहनुभएको छ । नेकपा एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी बिना विभागीय मन्त्रीको रुपमा रहनुभएको हो । पुस २७ गते नियुक्त मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट माघ ५ गते विश्वासको मत लिनुभएको थियो ।

विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहे पनि सत्ता साझेदार दल माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मातृशोक परेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

मुख्यमन्त्री गिरीको सचिवालयका अनुसार राष्ट्रियसभाको निर्वाचनपछि सरकार विस्तार गर्ने तयारी छ । रिक्त राष्ट्रियसभाको निर्वाचन लुम्बिनी प्रदेशमा भोलि बुधबार हुँदैछ । माओवादी केन्द्र संसदीय दलका नेता महराले पनि राष्ट्रियसभाको निर्वाचनपछि मात्र सरकारले पूर्णता पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुख्यमन्त्रीलाई सत्ता गठबन्धनमा रहेका सबै दलसँग छलफल र सहमति गरेर सरकारलाई पूर्णता दिन भनेका छौँ।” सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलहरुसँग छलफल गर्नुभएको मुख्यमन्त्रीको सचिवालय सदस्य अमृत गिरीले जानकारी दिनुभयो । यसबीचमा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीको भेटघाट पनि भएको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले पनि भोलि हुने राष्ट्रियसभाको निर्वाचनलगत्तै प्रदेश सरकार विस्तार हुने बताउनुभयो । उहाँले सरकारलाई समर्थन गरेका दलसँग सत्ता साझेदारीका विषयमा छलफल चलिरहेको र केही दिनमै अन्तिम टुङ्गो लगाएर छिट्टै सरकार विस्तारको तयारी भइरहेको जानकारी दिनुभयो । बिना विभागीय मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले अबको केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा जोड दिनुभयो ।

स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा तत्काल मन्त्रालय राख्ने र आवासको समेत व्यवस्थापन गर्नुपरेकाले केही ढिलाइ भएको उहाँको भनाइ थियो । यस प्रदेशमा मन्त्रालयको सङ्ख्यासमेत घटाइएकोले मुख्यमन्त्रीसहित प्रदेशमा १० मन्त्रालय रहनेछन् । रासस

भूकम्पमा मर्नेको संख्या चार हजार तीनसय नाघ्यो

0

माघ २४,२०७९ : टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको संख्या चार हजार तीनसय पुगेको छ । विभिन्न मिडियाहरूले बिहानको ९ बजेको स्थानीय समयअनुसार पछिल्लो विवरणमा सो संख्या उल्लेख गरिएको छ ।

उद्धार कार्यको लागि विभिन्न ६५ देशबाट २६ सय स्वय्मसेवकहरू टर्कीमा प्रस्थान गरेका छन् । यस्तै, भूकम्पले प्रभावितहरूको लागि तीन लाख ब्याल्यान्केट र ४१ हजार पालको व्यवस्था गरिएको टर्कीको विपद् व्यवस्थापन केन्द्र एएफडीले जनाएको छ ।

भूकम्पका कारण हजारौं भवनहरू ध्वस्त भएका छन् । भग्नावशेषमा परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

0

 

माघ २४,२०७९काठमाडौं : राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

 

सोमबार नेकपा माओवादीबाट उपाध्यक्षमा उम्मेदवार बनेकी अर्याल निर्विरोध भएकी थिइन्।

 

राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

भीर र रुखबाट लडेर दुई जनाको मृत्यु

0

माघ २४,२०७९ : भीर र रुखबाट लड्दा एकै दिन पाँचथरको फिदिम नगरपालिकाका २ जनाको ज्यान गएको छ।

भीरबाट लडेर फिदिम १३ का ३८ वर्षीय मनोज नेम्वाङ र रुखबाट झरेर फिदिम ५ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फेको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार दुवै जनाको सोमवार साँझ ज्यान गएको हो। उनीहरूमध्ये फिदिम १३ लुङरुपा निवासी नेम्वाङको फिदिम ७ नाङलापा भित्री सडकमा पर्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको थियो।

यस्तै सम्बाहाम्फेको घाँस काट्ने क्रममा फिदिम ५ मै रुखबाट लडेर ज्यान गएको हो। रुखबाट झर्दा गम्भीर घाइते भएका सम्बाहाम्फेका उपचारका लागि पाँचथर अस्पताल फिदिम ल्याउने क्रममा निधन भएको हो।

कुम्मायक गाउँपालिका ३ रानिगाँउ घर भएका सम्बाहाम्फे फिदिम ५ का रामकुमार तुम्बापोको घरमा कामदारका रूपमा बस्दै आएका थिए ।

अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय

0

काठमाडौं, माघ १७ :अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ ।

खर्च कटौती र खर्च रोक्का गर्ने निर्णयको विवरण यस प्रकार छ

कोभिड(१९ को प्रभाव, युक्रेन(रसियाको युद्ध तथा अन्य विविध कारणबाट विश्वनव्यापी रुपमा आपूर्ति श्रृङ्खलामा परेको प्रतिकुल प्रभाव र बाह्य क्षेत्रमा परेको चाप व्यवस्थापन गर्न केही वस्तुको पैठारीमा गरिएको पूर्ण बन्देजको निर्णय पश्चात् देशभित्रको आर्थिक गतिविधिमा संकुचन हुन गएको समेतका कारण चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व असुली नभएको, बजेटरी सहायता समयमा प्राप्त नभएको, राष्ट्रसेवकको तलब, निवृत्तभरण र सामाजिक सुरक्षा, रासायनिक मल आपूर्ति र विपद व्यवस्थापनका लागि बढ्न गएको व्ययभार लगायतका कारणले चालु खर्चको भार बढेको, आन्तरिक ऋणको व्याजदर बढ्नुका साथै नेपाली मुद्रा अमेरिकी डलरसँग कमजोर हुँदा वैदेशिक ऋणको साँवा तथा व्याज भुक्तानी गर्न विनियोजन गरिएको रकम अपर्याप्तग हुन गएकोले नेपाल सरकारको स्रोतमा चाप परेको छ । चालु आर्थिक वर्षको संघीय सञ्चित कोष हाल करिव रु।९० अर्ब ऋणात्मक रहेको छ।

प्रस्तुत सन्दर्भमा खर्चलाई पुनःप्राथमिकीकरण गरी राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजना तथा रोजगारी श्रृजनामा महत्वपूर्ण योगदान गर्ने आयोजना तथा कार्यक्रम लगायतका अत्यावश्यक कार्यका लागि स्रोतको व्यवस्थापन गर्न आवश्यक देखिएको छ। चालु आर्थिक वर्षमा राजस्व संकलन कम हुँदा प्रदेश तथा स्थानीय तहको अनिवार्य दायित्वको व्यवस्थापन गर्न समेत थप स्रोत व्यवस्थापन गर्नुपर्ने देखिएको छ।

 

वर्तमान मन्त्रिपरिषद्‍को पहिलो बैठकबाट भएको सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्ने निर्णय समेतको आधारमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २१ ९१० मा भएको व्यवस्था बमोजिम संघीय संचित कोष माथि व्ययभार हुने रकम बाहेक अन्य विनियोजित रकममा सरकारी खर्चमा मितव्ययिता कायम गरी सरकारको वित्त सन्तुलन ९ाष्कअब िदबबिलअभ० कायम राख्ना अर्थ मन्त्रालयले देहाय बमोजिम गर्ने निर्णय गरेको छ।

 

१ संघीय सरकारको सबै मन्त्रालयरनिकायको स्वीकृत बजेटको इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सेवा र परामर्श, सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मुल्यांकन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च, मेशिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, निर्मित भवनको संरचनात्मक सुधार तथा पुँजीगत सुधार खर्च लगायतका खर्च शीर्षकमा विनियोजित बजेटमा खर्च भई वाँकी रहेको मध्ये ९दायित्व सिर्जना भइसकेको वाहेक० बजेट तत्काल लागू हुने गरी २० प्रतिशत कटौती गर्ने।

२ चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रम भित्र परेका तर खरीद प्रक्रिया प्रारम्भ भईनसकेका आयोजना तथा कार्यक्रम ९पूर्व सहमति प्रदान गरिएका एवम् क्रमागत आयोजना तथा कार्यक्रम वाहेक० को हकमा अर्थ मन्त्रालयको पूर्व स्वीकृतिरसहमतिमा मात्र खरीद प्रक्रिया अगाडि बढाउने।

३ अर्थ मन्त्रालयको पूर्व स्वीकृति विना कुनै प्रकारको नयाँ दरवन्दी सिर्जना हुने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण  नगर्ने, नयाँ दरवन्दी थप नगर्ने। दरवन्दी भन्दा बढि कर्मचारी कुनै पनि निकायमा नखटाउने र खटाउनै पर्ने भएमा अस्थायी दरवन्दी स्वीकृत गरी मात्र गर्ने। चालु आर्थिक वर्षमा कुनै पनि थप नयाँ संगठन स्थापना नगर्ने।

४ नेपाल सरकारको स्रोत तर्फका सवै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला हाललाई स्थगन गर्ने।
५ फर्निचर र नयाँ सवारी साधन खरीद शीर्षकमा विनियोजित रकम खर्च नगर्ने गरी हाललाई रोक्काा राख्नेम।
६ नेपाल सरकारको स्रोतमा नेपाल सरकारको प्रतिनिधित्व गरी अनिवार्य रुपमा सहभागी हुने कार्यक्रमका लागि वैदेशिक भ्रमण गर्नुपर्दा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य रुपमा लिने।

७ अर्थ मन्त्रालयको सहमति नलिई कुनै निकाय र स्तरवाट थप दायित्व पर्ने कुनै निर्णय नगर्ने।
८ चालु आर्थिक वर्षका लागि चालु खर्च तर्फ स्वीकृत बजेट तथा कार्यक्रम भित्र परेका कार्यक्रमको परिमाण र लक्ष्य कम हुने गरी नेपाल सरकारको स्रोत तर्फ हाललाई रकमान्तर नगर्ने।
९ सामान्यतया आर्थिक सहायता प्रदान नगर्ने। गर्नैपर्ने अवस्था सिर्जना भएमा स्वीकृत मापदण्ड बमोजिम अर्थ मन्त्रालयको पूर्व सहमति लिने।
१० नेपाल सरकारको स्रोतमा विनियोजित निर्मित भवनको संरचनात्मक सुधार खर्च र पूँजीगत सुधार खर्च हाललाई स्थगनररोक्का गर्ने ।

११ कार्यक्रम खर्च अन्तर्गत विनियोजन भएका तर शुरुवात नभएका कार्यक्रम रोक्काड गर्ने।
१२ चालु आर्थिक वर्षमा नै भुक्तानी दिने गरी थप दायित्व सिर्जना नगर्ने।
१३ माथि उल्लेखित निर्णय सवै विश्वविद्यालय, प्रतिष्ठान, समिति, नियामक निकाय, वोर्ड लगायत सवै सार्वजनिक संस्थानमा समेत लागू हुने।

१४ चालु तर्फको खर्चमा अनिवार्य दायित्व वाहेक न्यूनतम २० प्रतिशत कटौती गर्न प्रदेश सरकार र स्थानीय तहहरुलाई पनि अनुरोध गर्ने।

खर्च कटौतीको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरका कार्यक्रमहरु स्थगन हुने अर्थ मन्त्रालयले जनाएको छ ।

 

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने

0

माघ १७,२०७९ काठमाडौं :सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ ।

अर्थमन्त्रालयमा आज बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेश गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्रयाकमा संघीय संसदमा पठाउने बताउनुभयो ।

सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रावधानहरुको प्रभावकारी रुपमा कार्यान्वयनमा ध्यान दिने उल्लेख गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि बिग्रन नदिने बताउनुभयो ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान, मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न मन्त्रालयहरुका सचिव लगायतको उपस्थिति थियो ।

 

 

तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन

0

माघ १६,२०७९ काठमाडौं : अर्थमन्त्रालयले तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।

अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भइ २०८० साल वैशाख १६सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिनु भएको हो ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३र०७४ देखि लेखा परीक्षण हुन बाँकी छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिनु भएको छ ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा। रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।

सभामुखद्धारा सहिदहरुप्रति श्रद्धासुमन

0

माघ १६,२०७९ रुपन्देहीः आज माघ १६ गते सहिद दिवस । सहिद दिवसमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहिदहरुप्रति श्रद्धासुमन व्यक्त गर्नु भएको छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्म आईपुग्न नेपालीहरुको अथक मेहनत, परिश्रम, त्याग वलिदान र समर्पण रहेको जनाउनु हुदै उहांले सामाजिक न्याय, आर्थिक संमृद्धि र नागरिक सर्वोच्चता सहितको स्वाधीन समतामुलक सम्मुनत समाज निर्माणमा लाग्न दिवसबाट अभिप्रेरणा मिलोस भन्ने आशा एवं विश्वास प्रकट गर्नुभएको छ ।

सोमवा जारी विज्ञप्तीमा भनिएको छ– आज माघ १६ गते एतिहासिक सहिद दिवस । यस दिवसको सन्दर्भमा म नेपालको प्रथम सहिद लखन थापा, जहा“निया राणा शासनका विरुद्धको लडाईमा प्राण आहुति दिने धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री लगायत जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदीवासी जनजाति आन्दोलन लगायत न्याय र परिवर्तनको लागि भएका सम्पुर्ण क्रान्ति र आन्दोलनहरुमा आफ्नो ज्यानको आहुति दिने महान् वीर सहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गदै उच्च सम्मान व्यक्त गर्दछु ।’

सभामुख घर्ती मगरले महान् सहिदहरुले देखाएको सत्मार्गमा प्रतिवद्ध रहन यो दिवसले सम्पुर्ण प्रदेशवासीमा हौसला, उर्जा, साहस, उत्प्रेरणा प्रदान गर्ने विश्वास लिएकोे जनाउनु भएको छ ।

उहांले परिर्वनका क्रममा विभिन्न चरणका क्रान्ति र आन्दोलनहरुमा नेपाल आमाका धेरै सपुतहरुले रगत पसिना बगाउनु परेको र सहिदहरुको वलिदानीबाट स्थापित सार्वभौमसत्ता, राष्ट्यि अखण्डताको रक्षा गर्दै समाजवाद उन्मुख संवैधानीक व्यवस्थालाई अझै उन्नत र परिस्कृत गर्न सकेको खण्डमा मात्रै सहिदहरु प्रति सच्चा सम्मान र बलिदानीको सार्थकता पुरा हुने उल्लेख गर्नु भएको छ ।