Thursday, June 4, 2026

चितवनमा गैँडाको आक्रमणबाट चन्द्रबहादुरको मृत्यु

0

फागुन ९,२०७९चितवन : चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर(९ का ६० वर्षीय चन्द्रबहादुर तमाङ रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

मंगलबार बिहान उहाँलाई गैँडाले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। रत्ननगर(९ को लालपर्सा र मोहनाको बीचमा पर्ने बाटोमा उनलाई गैंडाले आक्रमण गरेको थियो।

निकुञ्ज आसपासको गाउँ, बस्ति, खेत र वन क्षेत्रमा वन्यजन्तुले बर्सेनि मान्छेलाई आक्रमण गर्दा अंगभंग हुने र ज्यानसमेत जाने घटना हुने गरेका छन्।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार यो आर्थिक वर्षमा यो घटनासहित वन्यजन्तुले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ।

राजनीतिलाई उद्योग र विकाससंग जोड्नुपर्ने : उद्योगपती चौधरी

0

सुशीला रेग्मी
फागुन ९रामपुर (पाल्पा) : राजनीतिलाई उद्योग र उद्योगलाई विकाससंग जोडेर काम गर्ने उद्योगपती विनोद चौधरीले बताउनुभएको छ ।

पाल्पाको रामपुरमा चलेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ को सोमवार समापन सत्रका अवसरमा बोल्नुहुदै चौधरीले रामपुर क्षेत्र उद्योग व्यावसायका लागि धेरै सम्भावना बोकेको बताउनुभयो ।

रामपुर उद्योग वाणिज्य महासंघको आयोजनामा भएको मेलामा संघीय सांसद तथा उद्योग वाणिज्य महासंघ नेपालका पुर्व अध्यक्ष समेत रहनुभएका चौधरीले नेपालको राजनीति युवा केन्द्रीत र विकास केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । रामपुर बृहत् नेपालसंग जोड्न सक्ने सम्भावना रहेकाले यहाँ उद्योग, व्यावसाय संचालन गरेर आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुहुदै उद्योगपती चौधरीले नेपालको पौरखलाई विश्वभरी पुर्याउने प्रयास गरेर आफु सफल भएको बताउनुभयो ।

सम्भावनालाई खोजेर काम गरियो भने सयौँ विनोद चौधरी जन्मनेछन्, एकले अर्काेलाई निषेध गरेर गन्तव्यमा पुग्न सकिँदैन बताउदै चौधरीले विकासले दृष्टिकोणको ढोका खोलिनुपर्नेमा जोड दिनुभएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले कालीगण्डकी उपत्यका विकासको कार्यका लागि प्रतिवद्ध भएर सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकार मार्फत पहल गर्ने बताउनुभयो । महोत्सवले व्यवसायलाई चलायमान बनाउन र रामपुरलाई चिनाउन थप सफल भएको उल्लेख गर्नुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरले घरेलु तथा साना उद्योग स्थापना तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाले चालेको अभियानमा साथ दिन आग्रह गर्नुभयो । कला र संस्कृति संगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामपुर संगै कालीगण्डकी उपत्यकाको विकासको लागि तीनै तहका सरकार संग समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

अन्र्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले कालीगण्डकी करिडोर निर्माण संगै गण्डकी बेशी क्षेत्रको विकासको ढोका खुलेको बताउनुभयो । उहाँले रहेका उत्पादनलाई वृद्धि गर्दै निर्यातलाई प्रवद्र्धन गर्नेतर्फ केन्द्रित हुनुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेला सफलतापुर्वक सम्पन्न भएको बताउनुभयो । संघको भवन निर्माण, कालीगण्डकी उपत्यकाको पर्यटन विकास, कृषि उपजको प्रवद्र्धन बजारीकरणको लागि मेला आयोजना गरिएको हो । गत माघ २७ गतेदेखि सुरु भएको थियो ।

अध्यक्ष ढकालको अध्यक्षतामा भएको समापन समारोहमा संघका वाणिज्य उपाध्यक्ष विष्णु सारुले धन्यवाद दिनुभएको हो भने कार्यक्रमको सञ्चालन संघका महासचिव खिमबहादुर क्षेत्री (पुरुषोत्तम)ले गर्नु भएको थियो । मेलाको अन्तिम दिन सोमबार पनि मेलास्थल दर्शकले भरिभराउ थियो ।

सत्यवतीमा राँगो पालक कृषकहरुसंग अन्तरक्रिया , राँगाहरुको तथ्यांक ब्यवस्थित राखिने

0

फागुन ९,२०७९ गुल्मी : सत्यवती गाउँपालिका गुल्मीले राँगो पालक कृषकहरुसंग अन्तरक्रिया तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सेवा र स्वरोगजगार संग जोडिएको पेशालाई सम्मानित बनाउने र राँगाको स्वास्थ्यमा सुधार ल्याउने संगै गाउँपालिका भित्र रहेका राँगाहरुको तथ्यांक ब्यवस्थित राख्ने उद्येश्यले कार्यक्रम आयोजना गरिएको पशु सेवा शाखा प्रमुख नारायण खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा ३० जना राँगो पालक कृषकहरुको सहभागिता रहेको थियो भने तीन जना कृषकहरुलाई सम्मान समेत गरिएको खनालले जानकारी दिनुभयो


कार्यक्रममा पालिका अध्यक्ष टिकाराम पाण्डे,प्रमख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल संगै वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

आज शेर्पा समुदायको नयाँ वर्ष, ग्याल्पो ल्होसार

0

फागुन ९,२०७९
काठमाडौं : नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले मंगलबार ल्याल्पो ल्होसार मनाउँदै छन्। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने परम्परा छ।

मंगलबार २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो। यो पटक बाघ वर्ष पूरा गरी खरायो वर्ष आरम्भ हुँदैछ। ल्होसार मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको बताइन्छ। समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। व्यक्ति वा समाजअनुसार यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको उनको भनाइ छ।

ल्होसार मंगोल समुदायका विभिन्न जातिले छुट्टाछुट्टै मितिमा मनाउने गरेका छन्। गुरुङ समुदायले पुस १५ मा तमु र तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन्।

ग्याल्पो ल्होसारका अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ।

राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

0

फागुन ८,२०७९ काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।

 

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिनुभएको हो।

हात्तीको आक्रमणबाट राधाको मृत्यु

0

फागुन ८,२०७९ मकवानपुर :मकवानपुरको मनहरी गाउँपालिका –४ स्थित मसिनेमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।

स्थानीय ६४ वर्षीया राधा अधिकारीको हात्तीको आक्रमणपछि उपचारको क्रममा भरतपुरस्थित मेडिकल कलेजमा सोमबार मृत्युभएको हो । बिहान करेसाबारीमा काम गरिरहेको समयमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएपछि उपचारका लागि उहाँलाई हेटौँडा उपमहानगरपालिका –११ स्थित चुरेहिल अस्पतालमा ल्याइएको थियो ।

उहाँको स्वास्थ्य जटिल भएपछि चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले आक्रोशित स्थानीयले मनहरी गाउँपालिका –३ स्थित लामिटारमा रहेका पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयमा तोडफोड र गोलघरमा आगजनी गरेको जानकारी दिनुभयो ।

स्थानीयले निकुञ्जको दुई वटा मोटरसाइकल र जिपसमेत तोडफोड गरी क्षति गरेका छन् ।

गुल्मीमा २९ करोड बढीको सुन्तला उत्पादन

0

अनिल खत्री
फागुन ८,२०७९ गुल्मीः गुल्मीमा यस वर्ष २९ करोड ३७ लाख रुपैयाँको सुन्तला उत्पादन भएको छ । जिल्लाको ५८८ हेक्टरमा सुन्तला खेती गरिएकामा ६ हजार ८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनु भयो ।

उक्त सुन्तला सरदर ४२ रुपैयाँमा बिक्री गर्दा २९ करोड ३७ लाख रुपैयाँ जिल्लामा आम्दानी हुने ज्ञान केन्द्रको भनाइ छ । जिल्लामा गत बर्षभन्दा १६।८९ प्रतिशत उत्पादनमा वृद्धि भएको हो । ५ हजार ९३६ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लाबाट उत्पादित सुन्तला बुटवल, पोखरा, काठमाडौं लगायतका ठाउँमा बिक्री हुने गरेको छ । धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, हाडहाडे, रजस्थल, वस्तु, छत्रकोट गाउँपालिकाको लुम्छा, काउले, श्रृङ्गा, रुक्से, हुँगा, पल्लिकोट, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, बालकाटे, भुवनपानी, गुरुङगाउँ, अर्खले सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ ।

त्यस्तै रुरु गाउँपालिकाको मुसिडाँडा र चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकोट गुल्मी दरवार गापाको गौंडाकोट, भट्टेचौर, जुभुङ, कालीगण्डकी गाउँपालिकाको अर्बेनीको देउराली, छापचौर र जयखानी, चन्द्रकोट गाउँपालिकाको रेमी र हरेवा, मदाने गाउँपालिकाको भनभने पनि पकेट क्षेत्र मानिन्छ ।

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

0
फाइल फोटो

फागुन ८,२०७९ काठमाडौं :अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।

रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।
स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ ।

रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको माग अनुसार पुन थप स्रोतको व्यवस्था गरिएको हो ।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छि विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गर्नु भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउनुहुँदै अबिलम्ब आवश्यक प्रकृया सुरु गर्न आग्रह गर्नुभएको थियो ।

 

आगोमा जलेर गुल्मीमा ८३ वर्षीय बृद्धको मृत्यु

0

फागुन ७,२०७९ गुल्मीःआगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ। गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।

 

उखु पेलेर निस्किएको खोयाको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए।

 

घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए।

सञ्चार क्षेत्रमा सङ्घीयता नआएको पत्रकार नेताको गुनासो

0

दिवाकर पोख्रेल
देउखुरी, फागुन : मूलुक सङ्घीय संरचना गएपनि सञ्चार क्षेत्रमा सङ्घीयता आएको महशुस नभएको पत्रकारका नेतृत्वले गुनासो गरेका छन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधरणसभामा जम्मा भएका पत्रकारका नेताहरुले यस्तो गुनासो गरेका हुन । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरीले सञ्चार कानुनहरु निर्माणधिन अवस्थामा रहेकाले प्रदेश सरकारले सञ्चारसंग सम्बद्ध कानुन बनाउँदा पत्रकारले अपनत्व लिने खालको कानुन बनाउन आवश्यक रहेको बताउनुभयो । प्रदेश संरचनामा गएपनि सञ्चार क्षेत्रले सङघीयताको महशुस गर्न नसकेको गुनासो उहाँको थियो ।

उहाँले भन्नुभयो, ‘हामी प्रदेश संरचनामा गएका छौ,प्रदेशमा रहेको सञ्चार संरचना व्यवस्थित गर्ने सञ्चार ऐनहरु बनाउन दवाव दिने लगायतका कामह भएका छैनन,यस्का कारण पनि समस्या भएको छ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पुरीले पत्रकारको शुद्धिकरण अभियान थालिएकोले पत्रकारीता नगर्ने पत्रकार नवन्ने दाबी समेत गर्नुभयो ।

यस्तै पूर्व केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सञ्चार माध्यम नविकरण, प्रेसपास लगायतका कामको लागि पनि सङघीय राजधानी धाउनुपर्ने बाध्यता कायम रहेको बताउनुभयो । स्थानीय, प्रदेश सरकारले गर्न सक्ने कामलाई पनि माथिल्लो सरकारको जिम्मा लगाएर पन्छन खाजेको भन्दै उहाँले प्रदेशमा रहने सञ्चारका संरचना व्यवस्थित गर्न आवश्यक रहेको औल्याउनुभयो ।

उहाँले भन्नुभयो,‘विज्ञापन केन्द्रीय मिडियामा दिने,पत्रका मिडियासंग सम्बद्ध सबै काम काठमाण्डौबाट मात्र हुने भएपछि हामी पत्रकाले सङघीयताको महशुस कसी गर्ने ।’अबको काम प्रदेश संरचनालाई व्यवस्थितगर्दै श्रमजीवी पत्रकारको न्युुनतम पारीश्रमीक ऐनको प्रभावकारी कार्यान्वयनमा लैजान आवश्यक रहेको बताउनुभयो । प्रेस सेन्ट नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासंघलाई श्रमजीवी पत्रकारको साझा संस्था वनाउन आवश्यक रहेकाके बताउनुभयो । पत्रकार महासंघमा भागबण्डाको राजनीती अन्त्य गर्नुपर्ने माग उहाँको थियो ।

नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य माधव अर्यालले पत्रकार महासंघका प्रदेश शाखाले प्रदेशमा आवश्यक सञ्चार कानुन वनाउन भूमिका खेल्न आग्रह गर्दै पत्रकारलाई सङघीयताको महशुस दिलाउने गरी काम गर्न सुझाव दिनुभयो । प्रेस चौतारी नेपालकी लुम्बिनी प्रदेशकी महासचिव निरु गौतमले पत्रकार महासंघको प्रदेश समितिलाई व्यवस्थित गर्दै श्रमजीजी पत्रकारको साझा थलोको रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो । साधरणसभामा लुम्बिनीप्रदेशमा रहेर पत्रकारिता गरिरनुभएका चारजना पत्रकार र उत्कृष्ठ शाखाको रुपमा अर्घाखाँची शाखालाई पुरस्कृत समेत गरिएको थियो ।

नेपाल पत्रकारमहासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका पत्रका र पत्रकारका केन्द्रिय नेताहरुको सहभागिता रहेको थियो ।