Thursday, June 4, 2026

सवारी दुर्घटनामा १७ जनाको मृत्यु

0

फागुन १३,२०७९ : भारतको मध्यप्रदेशमा एक ट्रकले तीनवटा बसलाई ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। घाइते ५० म२ये १० जनाको अवस्था गम्भीर छ।

सतना भन्ने ठाउँमा भइरहेको धार्मिक मेलाका तिर्थ यात्री बोकेका ३ वटा बसलाई ट्रकले ठक्कर दिएको हो। सिमेन्ट बोकेको तीव्र गतिको ट्रकले गएराति ९ बजे रोकिराखेका ३ वटा बसलाई ठक्कर दिएको थियो।

 

टायर पञ्चर भएर अनियन्त्रित बनेको ट्रकको ठक्करबाट दुईवटा बस सडकबाट उछिट्टिएको र एउटा बस सडकमै पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यी प्रत्येक बसमा ५० देखि ६० को संख्यामा यात्रु थिए। दुर्घटनापछि मध्ये प्रदेश सरकारका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई १०–१० लाख र घाइतेलाई २–२ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

गुल्मी लोकबार्ता सम्मेलन : एक दर्जक लोक कलादेखि डेढ दर्जन कार्यपत्र प्रस्तुत

0

फागुन ११,२०७९ गुल्मीःलोकवार्ता परिषदको ११ जिल्ला सम्मेलनको लागि नेपालका दुई दर्जन बढि प्रध्यापक तथा लेखकले गुल्मीको कला संस्कृति र पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् ।

लोकवार्ता परिषदका अध्यक्ष प्राध्यापक डाक्टर प्रेम कुमार खत्री, परिषद्का उपाध्यक्ष लेखक भवेश्वर पंगेनी, महासचिव प्राध्यापक डाक्टर धुर्व भट्राई, प्रध्यापक माधवप्रसाद पोख्रेल, महेन्द्र संस्कृति विश्व विद्यालयका पुर्व उपकुलपति प्रध्यापक डाक्टर माधव गौतम लगायतका नेपाल प्राज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु, विभिन्न क्याम्पसका प्रध्यापकहरु सम्मेलनका लागि गुल्मी आएका थिए ।

उनीहरुले गुल्मीको प्रख्यात सरायँ, एकतारे भजन, फागु गीत, घाटु, लाखे, सोरठी र कृष्ण चरित्र लगायतका कला संस्कृतिहरुको अवलोकन गरेका हुन् ।

दौरा सुरुवाल, दरबार र बाजासहित धागिधुमले प्रस्तुत गरेको सरायँ नाच अत्यन्तै रोचक रहेको थियो । बिच बजार र फागुन महिनामा खेलिएको सरायँ नाच धेरैलाई अनौठो पनि बन्यो । युवा र पाका पुस्ताका व्यक्तिसंग सरायँ खेल्न थालेको रेसुंगा नगरपालिका २ का ५८ बर्षीय मिन बहादुर थापाका बर्षौ भए । उनी १४ बर्षको उमेरदेखि सरायँ खेल्थे । अहिले अध्ययन र रेकर्डको लागि सानो झल्को देखाउन खेले पनि दशैमा जस्तो आनन्द नहुने बताए ।

लोकवार्ता परिषद नेपालको ११ औं राष्ट्रिय सम्मेलन थापासहितको समुहले सरायँ देखाएको हो । रेसुंगा नगरपालिका ४ अर्खलेका स्थानीयले मनमोहक भजन र फागु गीत प्रस्तुत गरे । बर्षौदेखि अर्खलेका स्थानीय भजन समुहले मौलिक लोक भजन गाउँदै आएका छन् ।

६० बर्षीय हरि पन्थीले भजन गाउन थालेका तीन दशक हुन थाले । उनका पुर्खाले पनि भजन गाउँथे । यो समुह भजन गाउन नपुगेका जिल्लाका कुनै स्थान बाँकी छैनन् । तर, पुस्ता निकै पुराना छन् । जमना फेरियो, उमेर घर्कियो । पहिले–पहिले पुजाहरुमा भजन गाएर रात बिताएको अनुभव पन्थीसंग छ । तर, नयाँ पुस्ता दोहरी र पपसंग रमाउन थालेकाले भजन संकटमा परेको छ । त्यस्तै कार्यक्रममा निकै पुरानो रबिकृत रामायणको एकतारे भजन राधा बेलबासे र मानकुमारी भुसालले प्रस्तुत गरेका थिए ।

रुरु क्षेत्र गाउँपालिका १ मा भार्सेली कलाकारले सोरठी र कृष्ण चरित्र प्रस्तुत गरे । सयौ बर्ष पुरानो यो कलामा नाच्ने बच्चादेखि बृद्धसम्म हुन्छन् । कृष्ण जन्माष्टमीमा कृष्ण चरित्र गाउने र देखाइने गरिन्छ । यो प्रकारका कला संस्कृति र परम्परा जिल्लाका अधिकांश ठाउँमा संकटमा परिरहेका छन् । कार्यक्रममा सरायँ, भजन, सोरठी र कृष्ण चरित्रसहित रेसुङ्गा नगरपालिका–१३ भँगारीको तर्फबाट सती घाटु नाच, वडा नं ११ को कालिका युवा क्लवद्धारा कालिका नाच, नेवा खलको तर्फबाट लाखे नाच प्रस्तुत भएका थिए ।

जिल्लाको सभ्यता, सांस्कृतिक सम्पदाको संरक्षण र पहिचान स्थापित गर्ने उद्देश्यका साथ तम्घासमा लोकवार्ता परिषद् नेपालको सम्मेलनको आयोजना गरेर विभिन्न कला संस्कृतिको प्रस्तुती राखिएको परिषद्का जिल्ला संयोजक प्रध्यापक शशी पन्थीले जानकारी दिए । संयोजक पन्थीका अनुसार सम्मेलनमा लोकवार्ता, इतिहास, पुरातत्व, भाषा, साहित्य, कला संस्कृति, परम्परा, गीत संगीत, मान्यता, रहन–सहन, रितिरिवाज, प्रविधि, शैली र लोक जीवनको समग्रताको विमर्श गरिएको थियो ।

मौलिक पहिचानको आधार मानिने लोक साहित्य तथा परम्परा लोक प्रविधि, लोक जीवन, लोकोक्ती, लोक दर्शनलगायतको अध्ययन अनुसन्धान कार्य गर्नु र प्रकाशन गर्नु लोकवार्ता परिषद्को उद्देश्य रहेको पन्थीले बताए । सम्मेलनले विभिन्न ऐतिहासिक धार्मिक भौगोलिक प्राकृतिक पुरात्वातिक तथा पर्यटकीय क्षेत्रको पहिचान संरक्षण र प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास लिएको प्रचारप्रसार संयोजक रेशम कुँवरले बताए । उनले सम्मेलनमा लोकवार्ताका विभिन्न बिषयका डेढ दर्जन कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

कालीगण्डकी गाउँपालिकाले भर्ति गरेका शिक्षकहरूले पाउनै छोडे तलब

0
कालीगण्डकी गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

खबरमार्केट ब्युरो
फागुन ११,२०७९ गुल्मी : कालीगण्डकी गाउँपालिकाका ३१ जना शिक्षकले कात्तिक देखिको तलब खान पाएका छैनन्।​ गाउँपालिकाले आन्तरिक स्रोतमार्फत तलब खुवाउने गरी राखेका ३१ जना शिक्षकहरूले कार्तिक देखिको तलब नपाएको गुनासो गरेका हुन्।

 

गाउँपालिकाले आफैँ दरबन्दी सिर्जना गरी राखेका ३१ जना शिक्षकहरूलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिए।

 

कार्तिक देखी पुससम्मको त्रैमासिक तलब खुवाउन ३९ लाख बजेट अभाव भएका कारण शिक्षकहरूको तलब खुवाउन नसकिएको पराजुलीको भनार्इ छ। ३१ जना शिक्षकहरू मध्ये बालशिक्षा देखि माध्यमिक तहसम्मका शिक्षकहरू रहेको पराजुलीले बताए। पालिकाले भर्ति गरेका शिक्षकहरुका लागि वार्षिक २ करोड खर्च हुने शिक्षा शाखाले जनाएको छ ।

 

आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत परियोजानको रोयल्टीमार्फत तलब खुवाउने गरी बजेट विनियोजन गरेको र रोयल्टी नआएका कारण तलब खुवाउन नसकिएको गाउँपालिकाले जनाएको छ।

 

कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।

रोयल्टी नआए सं.सम्मान बिदा गर्ने योजनामा छौँ : गापा अध्यक्ष

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले रोयल्टी नआए शिक्षकहरूलाई स सम्मान बिदा गर्नेबाहेक आफूहरूसँग केही विकल्प नरहेको बताए।

रोयल्टी बापतको रकमबाहेक आफूहरूसँग बजेट नभएकाले जहिले रोयल्टी आउँछ त्यही बेला तलब पाउने र रोयल्टी नआए उहाँहरूलाई भुक्तानी गर्नुपर्ने रकमको अभिलेख राखी स(सम्मान बिदा गर्ने उनको भनाइ छ।

गाउँपालिका भित्र सामुदायिक ४४ र १ संस्थागत गरी ४५ वटा बिद्यालयहरु रहेका छन् ।

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल भारत प्रस्थान

0

फागुन ११,२०७९ काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गर्नु भएको छ । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उहाँ भारत जानु भएको हो ।

जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्नुहुने कार्यक्रम छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत जानु भएको छ ।
नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।

जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरु छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।

गुल्मीमा राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा

0

हुमाकान्त पोखरेल
फागुन १०,२०७९ गुल्मीः गुल्मीमा बिहीबार देखि संचालन हुने १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पूरा भएको छ ।
जिल्ला खेलकुद विकास समितिले बुधबार बिहान कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । खेलमा कुल छ विधामा एक हजार तीन सय भन्दा बढी खेलाडी सहभागि हुनेछन् । जसमा प्रत्येक पालिकाबाट बढीमा ११६ जना खेलाडी सहभागि हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले जानकारी दिए । गत बर्षसम्म पाँच विधामा मात्रै खेल हुने गरेकोमा यस बर्ष मार्सल आर्ट समेत थप गरिएको छ । आज साँझसम्म सबै पालिकाबाट खेलाडीहरु सदरमुकाम आउनेछन् ।

तीन दिनसम्म चल्ने खेलमा विभिन्न विधामा प्रदेश स्तरीय खेलको लागि ७६ जना छनौट हुनेछन् । जिल्ला स्तरीय खेलमा सहभागि पालिकाका खेलाडीको खर्च सम्बन्धित पालिकाले व्यहोर्ने र प्रदेश स्तरीय खेलमा सहभागि हुने खेलाडीको खर्च जिल्ला खेलकुद विकास समितिले व्यहोर्ने छ ।

कार्यालयका प्रमुख डिल्ली विश्वकर्माका अनुसार राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्नका लागि चार लाख ५० हजार बिनियोजन भएपनि रकम अझै आइपुगेको छैन ।
खेल सम्पन्न गर्नको लागि समितिले विभिन्न उप–समितिहरु गठन गरेको छ । प्राविधिक, आर्थिक, प्रचार–प्रसार, विवाद समाधान, खेलाडी छनौट र स्वयम् सेवक उप–समिति गठन गरिएको विश्वकर्माले जानकारी दिए ।

पहिलो खेल बिहीबार बिहान ७ बजे चिदिचौरमा मार्सल आर्टबाट सुरु हुने कार्यालयले जनाएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागि गराउनका लागि जिल्लाका सत्यवती बाहेकका ११ पालिकाले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड समेत सम्पन्न गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको अध्यक्षमा बसन्त भुसाल

0

फागुन १०,०७९ गुल्मी :नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

 

मंगलवार सदरमुकाम तम्घासमा सम्पन्न भएको सम्मेलनले बसन्त भुसालको नेतृत्वमा आगामी ४ वर्षको लागि २१ सदस्यीय जिल्ला कमिटीको गठन गरेको छ । जसको उपाध्यक्षमा बोम बहादुर विक, सचिवमा पवन पोखरेल र कोषाध्यक्षमा त्रिविक्रम ज्ञवाली रहेका छन् ।

त्यस्तै सम्मेलनले प्रगतिशित जनस्वास्थ्य महासंघको समेत गठन गरेको छ । कुमानन्द आचार्यको अध्यक्षतामा १५ सदस्यीय प्रगतिशित जनस्वास्थ्य महासंघको गठन गरिएको हो । जसको उपाध्यक्षमा बाबुराम कुँवर, सचिवमा देव बहादुर महतरा रहेका छन् ।

 

त्यस्तै बालकृष्ण बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामतीं) को गठन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले संविधानको अक्षरशं कार्यान्वयन गर्दै सरकारलाई सफल बनाउन कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

 

पूर्व मन्त्री समेत रहेका बरालले जनजिविकासँग जोडिएका काम गर्न कर्मचारीहरुलाई आग्रह गरे । कार्यक्रममा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसी, पार्टी सचिव अशोक थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

किसानको समस्या सुन्न पैसा नलाग्ने टोल फ्री नम्बर

0

फागुन १०,२०७९हेटौंडा : बागमती प्रदेश सरकारले किसानको गुनासो सुन्नका लागि पैसा नलाग्ने टेलिफोन सेवा शुरु गरेको छ।

प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरूको समस्या सुन्नका लागि बुधबारबाट ‘टोल फ्री नम्बर’को शुरुवात गरेको हो।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलले निःशुल्क टेलिफोन सेवाको शुरुवात गर्दै टोल फ्री नम्बरले किसानहरूले सिधै मन्त्रालयसँग पहुँच राख्नसक्ने बताए। मन्त्री पोखरेलका अनुसार मन्त्रालयप्रति किसान वा सरोकारवालाले टोल फ्री नम्बर १८१०५००००११ नम्बरमा निःशुल्क फोन गरेर आफ्ना समस्या, गुनासो टिपाउन सक्नेछन्।

यो सेवा हाललाई कार्यालय समयमा मात्र हुने मन्त्रालयले जनाएको छ। फोनको चाप बढेको अवस्थामा समय पनि बढाउने मन्त्री पोखरेलको भनाइ छ।

टोल फ्री नम्बरले किसानको समस्या पहिचान हुने र प्राथमिकताको आधारमा उनीहरूको समस्या समाधान गर्न मन्त्रालयले काम गर्ने समेत उनले बताए। हाल कार्यालय समयमा मात्रै टोल फ्री नम्बर सञ्चालन गरिए पनि आवश्यकतानुसार यसको समय बढाइने उनको भनाइ छ।

मन्त्री पोखरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए। सोहीअनुसार टोल फ्री नम्बर सञ्चालनमा ल्याएका हुन्।

दुई वर्षदेखी दरबन्दी कारागारमा , काम मन्त्रालयमा

0
जिल्ला कारागार कार्यालय गुल्मीको तस्बिर :खबरमार्केट

फागुन १०,२०७९ गुल्मीः जिल्ला कारागार कार्यालय गुल्मीमा सिनीयर अहेवको दरवन्दी भए पनि २०७७ सालदेखी स्वास्थ्कर्मी नहुँदा समस्या भएको छ । लामो समय देखी दरबन्दीमा भएका स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहँदा कैदीबन्दीहरुलाई स्वास्थ्यमा समस्या आउँदा झनै समस्या आउने गरेको कार्यालयका सूचना अधिकारी सीता भण्डारीले जानकारी दिइन् ।

 

दरबन्दी भएर पनि स्वास्थ्यकर्मी नहुनु र २०७७ साल जेठ देखी हालसम्म स्वास्थ्य मन्त्रालयको काजमै रहँदा बिरामीहरुलाई अस्पतालसम्म लान पनि समस्या आउने गरेको उनको भनाई छ ।

सुरक्षाकर्मीको सहयोगमा कार्यालय सहयोगीले अस्पतालसम्म लैजाने र ल्याउने गरेको भण्डारीले बताइन । स्वास्थ्य कर्मी नुहँदा समस्या भोगीरहेका कैदीबन्दीहरुको रेखदेख र अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मी भने देखेको नदेख्यै जस्तो गरी दुई वर्ष बिताएको छ । झारा टार्नका लागि मात्रै अनुगमन गर्ने र समस्याको समाधान गर्न तर्फ नलाग्नु दुःखद पक्ष रहेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले काजमा रहेका स्वास्थ्यकर्मीलाई तत्काल फिर्ता बोलाउने र फिर्ता नआए करारमा भएपनि स्वास्थ्यकर्मीको ब्यबस्था गर्ने उनको भनाई छ । अन्य समस्यालाई पनि समाधान गर्ने गरी आफूहरुले पहल गरेको गैरेले बताए ।

स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले कारागारमा लामो समय देखी स्वास्थ्य कर्मी नहुँदा कैदीबन्दीहरुलाई समस्या भएको थाहा भएपनि आफूहरुको कार्यक्षेत्र भित्र नपरेको बताएका छन् ।
आफूहरु प्रदेश मातहत रहेको र कारागार कार्यालय संघ मातहत रहेकाले समस्या भएपनि समस्या छ भन्ने बाहेक अन्य बिकल्प नरहेको आचार्यले बताए ।

तेब्बर बढी कैदीबन्दी

बिसं २०२४ सालमा स्थापना भएको (ङ)बर्गको कारागारमा २० पुरुष र पाँच महिलाको क्षमता रहेपनि यहाँ अहिले तेब्बर भन्दा बढी कैदीवन्दी छन् । कारागारमा हाल ८० जना कैदीवन्दी छन् । जसमध्ये ७३ पुरुष र सात महिला कैदीवन्दी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिइन् ।

जिल्ला कारागारमा अहिले कैदी ४५ र थुनुवा २८ पुरुष छन् । पाँच कैदी र दुई थुनुवा महिला छन् । जसमा सबैभन्दा बढी क्रमश जबरजस्ती करणी, कर्तव्य ज्यान, चोरी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, बहुबिवाह, सवारी ज्यान र अंगभंग लगायत मुद्दाका कैदीवन्दी छन् ।

सुधार गृहको कारागार हुनुपर्नेमा दण्ड गृह जस्तो भयो : नागरिक समाज

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागार सुधारगृह जस्तो कारागार हुनुपर्नेमा दण्ड गृहको रुपमा परिणत भएको बताए ।

कारागारमा प्रर्याप्त खेलमैदान, उचित बासस्थान र उद्यमी गर्नेहरुका लागि उचित ब्यबस्था हुनुपर्ने ठाउँमा राज्यको ध्यान नजानु दुःखद भएको उनको भनाई छ । भवन जीर्ण हुनु र कैदीबन्दीहरुको स्वास्थ्य प्रति सरोकारवाला निकाय मौन रहनुले कैदीबन्दीहरु प्रति सामान्य मानवीय ब्यबहार समेत नगरेको पाण्डेले बताए ।

जिल्ला कारागार गुल्मीमा १० जना कर्मचारीहरुको दरबन्दी रहेको कार्यालयले जनाएको छ । जसमा अधिकृत १,सि अहेव १,नायव सुब्वा १, खरिदार १,सहायक लेखापाल १ ,सहायक कम्प्युटर अपरेटर १ र कार्यालय सहयोगी ४ जना गरी १० जनाको दरबन्दी रहेको छ ।

कार्यालय प्रमुख काठमाडौं काजमा , खरिदार जिल्ला प्रशासन कार्यालय गुल्मीमा काज ,सि अहेव स्वास्थ्य मन्त्रालयमा लामो समय देखी काजमा रहेको कार्यालयले जनाएको छ ।

 

 

गुल्मीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

0

टोपलाल अर्याल
फागुन ९,२०७९ गुल्मीः नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान गुल्मीमा सुरु भएको छ ।

अभियान अन्तरगत दुई महिनासम्म बस्ती स्तरसम्म पुगेर पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने योजना रहेको छ । अभियानका लागि नेकपा एमाले जिल्ला कमिटी गुल्मीले प्रतिनिधी छनौट र भुगोल अनुसार कार्यविभाजन गरेको नेकपा एमाले गुल्मीका कार्यालय सचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

यो अभियानमा केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रका ३ सय ५३ जना नेताहरु खटिनेछन् । यो अभियान ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा रहेका २ करोड ९२ लाख १ हजार ४ सय ६६ जनसंख्या बीच सञ्चालन हुनेछ । जहाँ १ करोड ७६ लाख ७३ हजार १ सय ९५ मतदाता छन् ।

स्थानीय तहको निर्वाचनमा सबै पालिकामा एमालेका पार्टीका अध्यक्षका उम्मेदवारले ३८ लाख २१ हजार ६ सय २० मत प्राप्त गरेका थिए । भने गत आम निर्वाचनमा सिंगो देशबाट समानुपातिक तर्फको २८ लाख ४५ हजार ६ सय ४१ मत पार्टीले हासिल गरेको थियो । संगठन विभागको अभिलेखमा अहिले १० लाख ७९ हजार २ सय ९ पार्टी सदस्यको विवरण रहेको छ ।

यसलाई औसतमा हिसाब गर्दा १ जना केन्द्रीय नेताको जिम्मामा २ पालिका, १९ वडा, ८२ हजार ७ सय २४ जनसंख्या तथा ५० हजार ६६ मतदाता पर्छन् । एकजना केन्द्रीय सदस्यको जिम्मामा औसत ३ हजार ५७ पार्टी सदस्य पर्ने नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो ।

पार्टीको भूगोल, विभाग र फाँटहरूमा जिम्मेवारी तोकिएका सबै पोलिटब्युरो र केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । स्थायी कमिटीका सदस्यलाई अनुगमनको जिम्मेवारीमा खटाइएको छ । सबै केन्द्रीय सदस्यलाई हाल जिम्मा लिएको जिल्लाभन्दा फरक जिल्लामा खटाइएको छ । प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने गरी नयाँ कार्यक्षेत्रमा जिम्मेवारी तोकिएको श्रीपालीले बताउनुभयो ।

केन्द्रीय र जिल्ला प्रतिनिधिको उपस्थितिमा पालिका कमिटीको बैठक आयोजना गर्ने, राम्रो सम्भावना भएका युवा र सम्भावनायुक्त अन्य व्यक्तिलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने, भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने, विदेशमा रहेका सदस्यको हकमा भर्चुअल माध्यमबाट र टेलिफोनबाट सम्पर्क गरेर नवीकरण गरिने भएको छ । धेरैभन्दा धेरै टोल कमिटी गठन र पुनर्गठन गर्ने एमालेको लक्ष्य छ ।

नेकपा एमाले गुल्मीले अभियानमा खटिने सवै नेताहरुलाई पार्टी कार्यालयमा मंगलबार प्रशिक्षणसहितको कार्ययोजना दिएको छ । केन्द्रिय प्रतिनिधी पोलिट व्यूरो सदस्य ठाकुर गैरै र जिल्ला प्रतिनिधी नेकपा एमाले जिल्ला कमिटी उपसचिव धर्म विश्वकर्मासहितको टोलीले कालिगण्डकी, सत्यवति र रुरु क्षेत्र गाउँपालिकामा अभियान संचालन गर्नेछन् ।

त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य चन्द्र खड्का र नेकपा एमाले जिल्ला कमिटी उपसचिव सावित्रा आचार्यले रेसुंगा, धुर्कोट र मदानेमा ‘मिसन ग्रासरुट’ अभियानको जिम्मेवारी पाएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिनुभयो ।

त्यस्तै इस्मा, मालिका र मुसिकोटमा ‘मिसन ग्रासरुट’ संचालन गर्न नेकपा एमाले केन्द्रिय कमिटी सदस्य बलराम अधिकारी र जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जिम्मेवारी पाएको काउछाले बताउनुभयो । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सृजना काफ्ले र जिल्ला कमिटीका उपाध्यक्ष कृष्ण सुनार चन्द्रकोट, छत्रकोट र दरवार गाउँपालिकाको जिम्मेवारीमा रहेका छन् ।

राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैनः नेता नेपाल

0

दिवाकर पोख्रेल
देउखुरी, फागुन ९ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्नेगरी ठोस प्रस्ताव नआएको बताउनुभएको छ ।

दाङको भालुवाङमा पत्रकारसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रिपति र्विाचनलाई आफ्नो पार्टीले सक्ती सन्तुलनको रुपमा लिएको भन्दै त्यसमा आफ्नो पार्टीको भूमिका खोज्नुभएको छ । उहाँले भन्नुभयो,‘ अहिले हल्ल धेर्रै कोणबाट आएपनि मलाई राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैन, हाम्रो पार्टीले पनि राष्ट्रपतिको विषयमा टुङ्गो लगाइसकेको छैन ।’

सधै त्याग गर्ने काम आफ्नो पार्टीबाट नहुने भन्दै उहाँले सञ्चार माध्यममा आएका विषय सबै साँचो हुन्छन भन्न नसकिने बताउनुभयो । पूर्व प्धानमन्त्री नेपालले राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको विषयलाई उहाँले सबै कुरा पर्दा वाहिर ल्याउन नुहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै कुराहरु पर्दा वाहिरै ल्याउनुपर्छ भन्ने छैन, केहि कुरा पर्दाभित्रै रहन दिनुपर्छ, मैले र पार्टीले यस विषयमा निर्णय गरेको छैन ।’ अध्यक्ष नेपालले देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताउँदै संविधानलाई जोगाउने कुरामा चनाखो बन्न समेत आग्रह गर्नुभयो ।

यस्तै अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेशको बैठकमा सहभागि हुन दाङ आउनु भएको हो । बैठकलाई शम्बोधन गर्दै नेपालले राष्ट्रियता,स्वतन्त्रता र संविधानलाई रक्षा गर्ने विषयमा सधै चनखो बन्न पार्टी कार्यर्तालाई निर्देशन समेत दिनुभयो ।