Thursday, June 4, 2026

जनयुद्धका प्रथम सहिद रम्तेलको स्मृतिमा हाजिरी जवाफ प्रतियोगिता

0

फागुन १४,२०७९ गुल्मीः जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २७ औ स्मृतिमा अखिल क्रान्तीकारी धुर्कोटले रचनात्मक कार्य गरेको छ ।

स्मृतिको अवसरमा अखिल क्रान्तीकारीले माध्यमिक बिद्यालय स्तरिय हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा हिमालय माबि प्रथम,नयाँगाँउ माबि द्धितीय,वाग्ला माबि तृतिय र भगवती माबिले सान्त्वना स्थान प्राप्त गरेको अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष राजन केशीले जानकारी दिए ।

कार्यक्रममा अखिल क्रान्तीकारी धुर्कोट कमिटिका अध्यक्ष इन्द्र पोखरेल , जिल्ला अध्यक्ष राजन केशी ,केन्द्रिय सदस्य भरत चन्द, नेकपा माओदादी केन्द्रका जिल्ला सचिब अशोक थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य निमबहादुर पाण्डेले सहिद हरुले देखाएको सपनालाई पूरा गर्नु सबैको दायीत्व भएको बताएका थिए ।


क्रान्तीकारीकी जिल्ला सदस्य रिता रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन उपाध्यक्ष रमेश पाण्डेले गरेका थिए ।
हाजिरी जवाफ प्रतियोगतामा ९ वटा प्रतियोगी समुहको उपस्थिती रहेको थियो ।

 

सोमबार सार्वजनिक बिदा

0

फागुन १४,२०७९गुल्मी : गुल्मीका दुई स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन्।

जिल्लाको कालीगण्डकी र सत्यवती गाउँपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते सोमबार सार्वजनिक बिदा दिएका छन्।

पालिकाभित्र जनजातिको बाहुल्य रहेको र उनीहरूको आफ्नै संस्कृति भएकाले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए।

स्थानीय जातजाति, भाषाभाषी र संस्कृतिको जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको पाण्डेको भनाइ छ।

कालीगण्डकी र सत्यवतीमा रहेका वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा संघ संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएका छन्।

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

0

फागुन १४,२०७९ काठमाडौं :उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर स्वदेश फर्कनु भएको छ ।

सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गर्नु भएको थियो ।

जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार भएको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडल फागुन ११ गते भारत जानु भएको थियो ।

नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।

 

 

रामपुरमा बृहत् निशुल्क स्वास्थ्य शिविर संचालन

0

सुशीला रेग्मी
फागुन १४,२०७९ पाल्पा :पाल्पाको रामपुरमा बृहत् निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।

रोटरी क्लब रामपुर, ज्योतीपुन्ज युवा क्लव रामपुर, रोट्रायाक्ट क्लव अफ बुटवलको आयोजनामा मुटु तथा मृगौला रोगलाई प्राथमिकता दिएर शिविर संचालन गरिएको हो । शिविरमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्र, शहीद बहुमुखी क्याम्पस रामपुरको प्राबिधिक सहयोगमा र रामपुर नगरपालिकाको समन्वयमा संचालन भएको शिविर रोटरी क्लव रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा उद्घाटन गरिएको छ । शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा भएको शिविरको उद्घाटन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले गर्नुभएको हो ।

नगर प्रमुख थापाले समयमा स्वास्थ्य परिक्षण गर्ने बानी नहुदा अकालमै ज्यान गुमाउनु परिरहेको बताउनुहुदै मानिसको संवेदनशिल भाग मुटु, मृगौलालाई प्राथमिकता दिएर शिविर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभएको छ । उहाँले साधारण परिक्षण मात्रै नगरिकन रोग निदान हुने गरी उपचार सेवा दिन स्वास्थ्यकर्मीलाई अनुरोध गर्नुभएको छ ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज अलामले ठाउँ ठाउँमा गएर उपचार गर्ने मात्रै होईन रोगको निदान गर्ने चाहना हो, स्वास्थ्य जस्तो संवेदनशील कुरामा वेवास्ता गर्दा घातक रोगको सिकार बन्नु परेको बताउनुभएको छ ।

कार्यक्रममा ज्योतीपुन्ज युवा क्लवका अध्यक्ष सुदिप गौतमले शहर देखि टाढा रहेको रामपुर क्षेत्रका नागरिकलाई गाउँमै सहज सेवा दिन मुटु, मृगौलाको परिक्षण गर्ने उद्धेश्यले शिविर आयोजना गरिएको बताउनुहुदै रामपुरमा डाइलायसिसको सेवा अती आवश्यक रहेको जानकारी गराउनुभएको छ । रोट्रायाक्ट क्लव बुटवलका कोषाध्यक्ष प्रेमप्रकाश श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रोटरी क्लव रामपुरका सचिव सुर्यप्रसाद घिमिरेले गर्नुभएको हो ।

शिविरमा स्वास्थ्य परिक्षण गराउने ठूलो भीड देखिन्थ्यो । स्वास्थ्य परिक्षण, औषधी निशुल्क रहेकाले सेवाग्राही बिरामीलाई ठूलो राहत मिलेको छ । रगत परिक्षण, ईसिजि, ईको, मुटु, मृगौलाको परिक्षण तथा उपचार सेवा एकै स्थानमा पाएपछि अन्यत्र सेवा लिन जाने झण्झटले मुक्त भएको सेवाग्राही बताउँछन् । आफ्नै गाउँ ठाउँमा शिविरमार्फत सेवा पाउँदा बिरामी उत्साहित भएर लामबद्ध रुपमा पालो पर्खेर सेवा लिएका छन् ।

सेवाग्राहीलाई सहज सेवा दिलाउन आयोजकले स्वयम्सेवक परिचालन गरिएपछि सेवा लिन धेरै समय अलमलमा पर्नु नपरेको अनिल भट्टराईले बताउनुभएको छ । यसरी गाउँघरमा बेला बेलामा संचालन हुने स्वास्थ्य शिविरबाट टाढा उपचार गर्न जान आर्थिक समस्यमा रहेका, ज्येष्ठ नागरिक, विभिन्न पेशा, व्यावसायमा आबद्ध व्यक्तिले प्रत्यक्ष फाइदा लिइरहेका छन् । गाउँघरमा बाहिर उपचार गर्न नजाने, भित्रभित्रै रोगसंग लडेर बस्ने प्रवृत्तिले अकालमा ज्यान गुमाउनु पनि परिरहेको छ ।

यस्ता शिविर स्थानीय नागरिकलाई स्वास्थ्योपचारमा धेरै सुबिधा पु¥याएको हुन्छ । शनिवार यहाँ चलेको शिविरको लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले अवलोकन गरी सेवाग्राहीलाई सहज रुपमा राम्रो सेवा दिन आयोजकलाई अनुरोध गर्नुभएको छ ।

नेपाल मगर संघ रामपुरको दोस्रो अधिवेशन सम्पन्न

0

फागुन १४,२०७९ पाल्पाः नेपाल मगर संघ रामपुर नगर समितिको दोस्रो अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

संघले शनिवार एक कार्यक्रम गरी अधिवेशन संगै रामपुर नगरपालिकामा निर्वाचित मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । नेपाल मगर संघ रामपुर नगर समितिका अध्यक्ष थर्कबहादुर रानाको अध्यक्षतामा भएको अधिवेशन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै समुदायभित्र रहेका भाषा र संस्कृति हाम्रो मौलिक सम्पदा रहेको भन्दै यसको संरक्षण र सम्वद्र्धनका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले मगर समुदाय संगै अन्य समुदायको पहिचान संगै संस्कृतिको रक्षा गर्न आवश्यक सहयोग गर्न पहल गर्दै आएको बताउनुभएको छ ।

नगर उपप्रमुख बालकुमारी थापाले समुदायको आर्थिक तथा सामाजिक विकासमा प्रतिवद्ध भएर लागेको बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धनबहादुर राना, रामपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष दिलबहादुर राना, नेपाल मगर संघ रामपुरका सल्लाहकार संयोजक बोमबहादुर थापा, एकिकृत मगर उत्थान समाजका सल्लाहकार संयोजक रामबहादुर हिस्की थापा, नेपाल मगर संघका सल्लाहकार भोगबहादुर चिदी, नेपाल मगर संघ रामपुर २ का अध्यक्ष देवबहादुर राना, नेपाल मगर संघ रामपुर ३ का अध्यक्ष दानबहादुर राना, एकिकृत मगर उत्थान समाज रामपुरका पूर्व सहसचिव सुनिता राना र समाजका सल्लाहाकार मञ्जु देवी रानाले मगर समुदायको उत्थान संगै संस्कृतिको संरक्षण थप सक्रियता आवश्यक रहेको बताउनु भएको छ ।

एकिकृत मगर उत्थान समाजका अध्यक्ष एवम् संघका सदस्य क्याप्टेन देवबहादुर थापा मश्राङ्गीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर रानाले गर्नु भएको हो ।

 

गुल्मी चेम्बर अफ कमर्शको अध्यक्षमा दुर्गा पाण्डे निर्वाचित

0

फागुन १४,२०७९ गुल्मीः गुल्मी चेम्बर अफ कमर्श, गुल्मीले नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार तम्घासको बालमन्दिरमा सम्पन्न संस्थाको दोस्रो अधिवेशन एवम् तेस्रो साधारण सभाले दुर्गा पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।

 

जसको बरिष्ठ उपाध्यक्षमा विरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डे र सीता विक, महासचिवमा यज्ञ प्रसाद पाण्डे, सचिवमा प्रेम घिमिरे, सुर्य घिमिरे र हरिकिरण ठकुरी, कोषाध्यक्षमा युवराज पाण्डे र सह–कोषाध्यक्षमा कमल अर्याल लगायत अन्य सदस्यहरु सर्वसम्मत रुपमा चयन गरिएको संस्थाका सल्लाहकार कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

 

अध्यक्ष पाण्डे यसभन्दा अगाडी गुल्मी उद्योग बाणिज्य संघको अध्यक्ष समेत हुन् ।

माधब नेपाललाई केपी ओलीको पत्र

0

फागुन १३,२०७९ :माधब कुमार नेपाललाई केपी ओलीले पत्र लेखेरै सुवास नेवाङ्लाइ सहयोग गर्न आग्रह गर्नुभएको छ।

सरकारबाट नबाहिरिने एमालेको निर्णय

0

फागुन १३,२०७९काठमाडौं : नेकपा एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ। शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् नै राख्ने निर्णय गरेको हो।

बैठकले २५ गतेसम्म सरकारलाई दिएको समर्थन यथावत् राख्ने र सरकारबाट नबाहिरिने निर्णय गरेको उपमहासचिव पृथ्वीसूब्ब गुरुङले जानकारी दिए। उनले पुस १० गतेको सहमति कायम नै रहेको जानकारी दिए।

‘पुस १० गतेको निर्णयअनुसार अगाडि बढ्छौं। सोही अनुसार राष्ट्रपति चयन गर्नुपर्छ। कांग्रेससहितका दलहरुलाई सहमतिमा ल्याउन प्रयास गर्छौं,’ उनले भने।

उपमहासचिव गुरुङले आठ दलीय गठबन्धन नबनेको दाबी गर्दै पुस २५ गतेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए।

आगलागीबाट १४ घर जलेर नष्ट

0
सांकेतिक तस्बिर

फागुन १३,२०७९ तेह्रथुम : आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेको छ।

आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छिन्। उनलाई उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ।

आगलागीका कारण नौ परिवारको ४१ जना विस्थापित भएका छन्। घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए।

आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ। दधिराम वाइबाको घरमा बस्दै आका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ। राईबहादुर तामाङ, डिकमान तामाङ, शंखर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेको छ।

आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन्। ​बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए। तमोर नदी किनारको जङ्गलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो।

अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ। जङ्गलमा लागेको आगो भने नियन्त्रणमा छैन। फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्तीसमेत जोखिममा छन्।

चन्द्रकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण सम्पन्न

0

फागुन १३,२०७९ गुल्मीः चन्द्रकोट गाउँपालिकाले सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
यस आर्थिक वर्षको साउन देखी माघ मसान्त सम्म गाउँपालिकाबाट सम्पादन भएका कार्यहरुको बारेमा सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम गाउँपालिकाको सभाहलमा शुक्रबार सम्पन्न भएको हो ।

गाउँपालिकाले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले कार्यक्रमको पहिलो सत्रमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले सडक,सिंचाई,खानेपानी ,पुल, बिद्युत, बजार अनुगमन र कृषि उपजका बारेमा समस्या तथा गुनासा राखेका थिए भने गाउँपालिकालाई सुझाब समेत दिएका थिए ।

कार्यक्रममा उठेका जिज्ञासा तथा गुनासाहरुको जवाफ प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल,गाउँपालिकाका उपाध्यक्ष, बिष्णुप्रसाद भण्डारी, गाउँपालिकाका अध्यक्ष युवराज केशीले दिनुभएको थियो ।


कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु , गाउँसभा सदस्यहरु,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरकण पत्रकार घनश्याम गौतम ,महेश बोहारा लगायतले गर्नुभएको थियो ।