Thursday, June 4, 2026

पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

0
फाइल फोटो

चैत ९,२०७९काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्।

 

बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त घोषणा गरेका हुन्। उनले सम्पूर्ण पत्रकारको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताए।

 

उनले आम सञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोवास गर्ने जनसंख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

रामपुरमा दूध, अण्डा र मासु उत्पादन सम्बन्धी सचेतना कार्यक्रम

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ९ चैत : पाल्पाको रामपुरमा दूध, अण्डा र मासु खाऔँ स्वस्थ रहौँ भन्ने नारासहित सचेतना कार्यक्रम भएको छ ।

 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तानसेन पाल्पाको आयोजनामा रामपुरका मासु व्यावसायी दुग्ध व्यावसायी, दुध, मासु, अण्डा उत्पादक कृषकलाई तालिम दिइएको हो । कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका निमिक्त प्रमुख दुर्गाप्रसाद खनाल अध्यक्षतामा चलेको हो । उहाँले हाम्रो शरीरको लागि आवश्यक तत्वहरु दुध, अण्डा र मासुबाट पूर्ण मात्रामा पाउन सकिने बताउनुभयो । उहाँले दुध तथा मासुजन्य पदार्थको सेवनबाट शरीरलाई निरोगी र ऊर्जावान बनाउन ठूलो सहयोग गर्ने तथा पशुपालक कृषकहरुको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभएको छ ।

 

कार्यालयका पशु चिकित्सक नविन बस्यालले पाल्पा जिल्लामा दुध, अण्डा, मासुको उत्पादन सम्बन्धमा सहजिकरण गर्नुहुदै प्रतिव्यक्ति पशुजन्य पदार्थमध्ये वार्षिक रुपमा दुध ९१ लिटर, मासु १४ किलो, माछा पाँच किलो र अण्डा ४८ गोटा आवश्यकता रहेको बताउनुभएको छ । पाल्पा दुध, मासु र अण्डामा आत्मनिर्भर रहेपनि माछा उत्पादन न्यून रहेको बताउनुहुदै जिल्लामा प्रतिव्यक्ति दुध १९८ लिटर, मासु २४ दशमलव ३५ किलो, माछा ३२ ग्राम र अण्डा ६६ गोटा आपूर्ति रहेको तथ्याङ्क पशुचिकित्सक बस्यालले बताउनुभयो ।

 

कार्यक्रममा सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालले रामपुर क्षेत्रमा व्यावसायीक पशुपालनमा कृषकको आकर्षण बढ्दै गएको हुदा खानपानमा विशेष ध्यान दिएर स्वस्थ रहनुपर्ने बताउनुभएको छ । नेपाल बाख्रापालक किसान महासंघका केन्द्रिय उपाध्यक्ष सुर्यप्रसाद रेग्मीले पाल्पा पशुपालनको लागि राम्रो सम्भावना बोकेको जिल्ला भएको बताउनुहुदै दूध, मासु र अण्डाको गुणस्तर उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

 

कार्यक्रमको संचालन रामपुर नगरपालिका पशुसेवा शाखा प्रमुख तुल्सिराम काफ्लेले गर्नुभएको हो । स्वागत भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशुसेवा प्राबिधिक युवराज ज्ञवालीले गर्नुभएको थियो ।

 

चन्द्रकोट गाउँपालिकाले क्रिकेटर सोमपाल कामीलाई सम्मान गर्ने

0

महेश बोहरा
चैत्र ०७ ,२०७९गुल्मी : गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जन्मिनुभएका क्रिकेटर सोमपाल कामीलाई सम्मान गरिने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई गृह पालिकाले सम्मान गर्न लागेको हो । बिं।सं २०५२ साल माघ १९ गते चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिएका सोमपाल कामी नेपाली क्रिकेट खेलाडी हुनुुहुन्छ । उहाँ दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम–तिब्र गतिका बलर हुनुहुन्छ । सोमपाल कामी सन् २०१३ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य भई खेल्दै आउनुभएको छ ।

आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पु¥याउन सफल भएको भन्दै गाउँपालिकाले नगद ५० हजार रुपैयाँ सहित सम्मान गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो ।

क्रिकेट खेलाडी कामी चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिनुभएको हो । उहाँको परिवार हाल भारतमा बसोबास गदै आईरहे पनि अहिलेसम्म बसाइँसराइँ नलिएको वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्रराज अर्यालले बताउनुभयो ।

आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई हौसला बढाउन सम्मान गर्न लागिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले बताउनुभयो ।

गाउँपालिकाले घोषणा गरेको पुरस्कार राशी समयानुकूल मिलाएर भौतिक उपस्थितिमा कार्यक्रम गरी हस्तान्तरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो ।

अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी प्रशिक्षणमा रहेकाले समय नमिलेको बताउनुभयो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ‘डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो ।

नेपाल ९ रनले विजयी भएको थियो । जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ ।

त्यस्तै, यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल भएका छत्रकोट गाउँपालिका ५ मानकोटका अर्जुन कुमाललाई पनि गाउँपालिकाले सम्मान गरेको छ । हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका उहाँलाई गाउँपालिकाले नगद ५० हजार सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।

उहाँले कुबेत विरुद्ध सतक समेत प्रहार गर्नुभएको थियो । क्रिकेट खेल मार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगद सहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

((

गुल्मीबाट विस्थापित हुने अस्थायी शिक्षकहरुको सुचि

0

गुल्मी चैत ७,२०७९:गुल्मीबाट विस्थापित हुने अस्थायी शिक्षकहरुको सुचि

मदरसा नुरुलहोदा अहले सुन्नत प्राविको नयाँ भवन उद्घाटन

0

चैत ६,२०७९ पाल्पा : मदरसा नुरुलहोदा अहले सुन्नत प्राथमिक विद्यालय रामपुर नगरपालिका वडा नं ४ ईस्लामपुर पाल्पामा नवनिर्मित दुईकोठे पक्की भवन उद्घाटन तथा सम्मान कार्यक्रम भएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताजिम अजिम शेखको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो । भवन उद्घाटन गर्नुहुदै नगर प्रमुख थापाले संस्कारसंगै चेतनाको लागि धार्मिक विद्यालयले खेलेको भुमिका महत्वपूर्ण रहेको हुदा नगरपालिकाले यस विद्यालयका लागि आवश्यक पूर्वाधार निर्माणमा आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

 

नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले विद्यालयलाई कस्तो बनाउने भन्ने कुरा समाजमा निर्भर रहने उल्लेख गर्दै विद्यालयको गुणस्तर कायम राख्नका लागि केन्द्रित हुन आग्रह गर्नुभयो । नगर प्रवक्ता एवम् वडा नं. १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले शिक्षाको लागि भौतिक पूर्वाधार एक महत्वपूर्ण पक्ष रहेको र अब प्रविधिमैत्री व्याहारिक शिक्षामा ध्यान दिने समय आएको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामबहादुर रानाले सामाजिक सद्भाव कायम संगै चेतना अभिवृद्धिमा विद्यालयले खेलेको भुमिकाको चर्चा गर्नु भएको छ ।

 

कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले रामपुरमा संचालित विद्यालयमा शैक्षिक सुधार हुदै गएको र भवन निर्माणसंगै शैक्षिक गुणस्तर बृद्धिमा थप सघाउ पुग्ने बताउनुहुन्छ । विद्यालयका पूर्व अध्यक्ष हमिद मियाँ, ईस्लामिक सक्रिय युवा समाजका अध्यक्ष साहादत हुसेन, रामतुलसी नमुना माविका सहायक प्रधानाध्यापक पुर्णचन्द्र घिमिरे, विद्यार्थी फातुमा खातुन, साहिद शेख र आदित अलीले लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष हाजी हजिलदिन मियाँले विगतमा चन्दाको भरमा सञ्चालन भएको विद्यालयले न्युन वर्गका विद्यार्थीलाई आवासिय सुविधा सहितको व्यवस्था गर्दै आएको बताउनुभयो । स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा तथा वडाध्यक्ष, वडा सदस्यहरुलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

 

यहाँ जिल्ला शिक्षा समन्वय इकाई पाल्पाबाट प्राप्त रु १६ लाख अनुदान र रु एक लाख ५७ हजार ३२६ जनश्रमदान गरी कुल रु १७ लाख ५७ हजार ५८६ को लागतमा भवन निर्माण गरी उद्घाटन गरिएको प्रधानाध्यापक नगेन्द्रप्रसाद काफ्लेले बताउनुभयो । विद्यालयका संस्थापक अध्यक्ष हाजि हजिलदिन मियाँले स्वागत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक निर्मला अर्यालले गर्नुभएको हो ।

 

विद्यालयमा हाल तीननवटा पक्की भवनमा ११ वटा कक्षाकोठा छन् । वि सं २०६७ मा चन्दा उठाएर सुरु गरिएको यस विद्यालय अहिले सुविधा सम्पन्न भवनमा संचालन भईरहेको छ । नेपाली, अंग्रेजी, अरविक र उर्दु भाषामा अध्यापन हुने विद्यालयमा हाल ६० जना विद्यार्थी अध्ययनरत छन् ।

कक्षा नर्सरी देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा विद्यालयमा स्थायी दरबन्दीमा तीन जना सहित नेपाल सरकारको दरबन्दीमा पाँच जना, निजि श्रोतबाट पाँच जना र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।

 

ज्येष्ठ नागरिकको केलादी र रामपुरमा धार्मिक भ्रमण

0

सुशीला रेग्मी
चैत ६,२०७९ पाल्पाः धार्मिक तथा पर्यटकिय क्षेत्र कालीगण्डकीको तटमा रहेको केलादीधाममा ज्येष्ठ नागरिकले धार्मिक अवलोकन भ्रमण गर्नुभएको छ ।

तानसेन नगरपालिका वडा नं ९ को ६८ वर्ष माथिका ११० जना ज्येष्ठ नागरिकलाई केलादी, रामपुरको गौशाला, तालपोखरा, दुर्गामन्दिर लगायतका क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम आयोजना गरेको तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभएको छ । केलादीमा थप संरचना विस्तार गरी यो क्षेत्र नेपालकै महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र बन्ने वडाध्यक्ष अर्याल बताउनुहुन्छ ।

चापाकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष तारा पोखरेलले केलादीधाम क्षेत्रलाई छनौट गरी अवलोकन भ्रमण गर्न आएकोमा टोलीलाई धन्यवाद दिनुभएको छ । राधा दामोदर नेपाल निम्वार्क पिठका सचिव घनश्याम खनालले केलादीको ऐतिहासिक तथा वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो ।

मन्दिरका महन्त गोपाल शरण उपाध्यायले अवलोकन भ्रमण टोलीलाई आशिर्वाद दिदै भ्रमण गर्न आएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । रामपुर नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपानेले रामपुर क्षेत्रमा छाडा छाडिएका र उत्पादन दिन छाडेपछि हेयका रुपमा हेरिने गाईलाई संरक्षण गर्दै गौशाला निर्माण गरिएको जानकारी गराउनु भएको छ ।

गौशालामा १५४ वटा गाई व्यवस्थापन गरेर राखिएको छ । रामपुर नगरपालिका वडा नं ६ स्थित कालीगण्डकी नदी तट तातोपानीधाममा गौशाला निर्माण गरी संचालनमा ल्याइएको छ । रामपुर ६ मा रहेको दुर्गामन्दिरमा भ्रमण टोलीलाई स्वागत गरिएको छ । मन्दिरका संरक्षक दुर्गादेवी पोखरेलले मन्दिरको वस्तुस्थितीबारे जानकारी गराउनुभएको छ ।

गौशालाको आम्दानी खर्च सार्वजनिक

0

सुशीला रेग्मी
चैत ६,२०७९ पाल्पा : रामपुर नगर गौशालामा भएको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचनको आम्दानी खर्च सार्वजनिक गरिएको छ ।

 

गत फागुन ९ गते देखि १५ गतेसम्म चलेको महायज्ञको पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनिक गरिएको हो । महायज्ञमा नगद २० लाख ७३ हजार ७३४ रुपैयाँ र ७३ हजार तीन सय बराबरको जिन्सी गरी कुल २१ लाख ४७ हजार ३४ रुपैयाँ आम्दानी भएको नगर गौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । कुल खर्च १३ लाख ५५ हजार ८३९ रुपैयाँसहितको आम्दानी खर्च न्यौपानेले सार्वजनिक गर्नुभयो ।

 

सप्ताहमा भक्तजनबाट दान गरिएको नगद खुद वचत रकम सात लाख १७ हजार ८९५ रुपैयाँ र जिन्सी ७३ हजार तीनसय रुपैयाँ बराबरको धान, चामल, आलु, नुन संकलन सहित सात लाख ९१ हजार १९५ वचत रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

 

श्रीमद्भागवत कथा सप्ताह प्रवचन यज्ञबाट संकलन भएको रकम अक्षयकोषमा राख्ने, गाई र व्यबस्थापनको दिगो व्यबस्थापनमा लगाइने जानकारी गराइएको छ । नगर गौशालाको तेस्रो वार्षिक उत्सवको अवसर पारेर गौशालामा रहेका गाईको दिगो व्यवस्थापनका लागि महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा पुज्य भागवत मन्जरी राधिका दासीले संगीतमय शैलीमा कथा बाचन गर्नुभएको थियो ।

 

महायज्ञमा दानदाताले आफ्नो स्वेच्छाले नगद तथा जिन्सी दान गरेको समितिका सचिव बासुदेव ढकालले बताउनुभएको छ ।

 

निसासिएर ४० वर्षीया पार्वतीको मृत्यु

0

चैत ४,२०७९ दाङ : दाङमा निसासिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका(५ देविस्थान बस्ने ४० वर्षीया पार्वती घर्तीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।

 

एककोठे जस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसना आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुँवाका कारण निसास्सिएर मृत्यु भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए।

 

उनको घर गाउँभन्दा झन्डै डेढ सय मिटर टाढा एकान्त ठाउँमा रहेको र उनी एक्लै बस्दै आएकी थिइन्।

नयाँवर्ष बिशेष कार्यक्रम तालपोखरामा

0

सुशीला रेग्मी
चैत ४,२०७९ पाल्पा :पर्यटकीय तालपोखरामा पत्रकार भेटघाट कार्यक्रम भएको छ ।

रामपुर नगरपालिका वडा नं ६ मा रहेको यस तालपोखरामा नववर्ष २०८० को पावन अवसरमा हुने नयाँवर्ष विशेष कार्यक्रमको जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम भएको हो । तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा कार्यक्रम गरी नयाँवर्ष विशेष कार्यक्रमबारे जानकारी दिईएको छ ।

कार्यक्रमको संचालन समितिका सदस्य जनक भण्डारीले गर्नुभएको छ । पर्यटक भित्र्याउन र यसको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँवर्ष विशेष कार्यक्रम आयोजना गरिएको अध्यक्ष देवकोटा बताउनुहुन्छ । वैशाख १ र २ गते नयाँवर्षको अवसरमा राष्ट्रियस्तरका कलाकारबाट विशेष सांगितिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीलाई समितिका उपाध्यक्ष मित्रा ढकालले स्वागत गर्नुभएको थियोे । पर्यटकिय तालपोखरामा पर्यटकको संख्या बढ्दै जान थालेको छ ।

रामपुरमा शिक्षकलाई साङ्गीतिक व्यायाम तालिम

0

सुशीला रेग्मी
चैत ४,२०७९ पाल्पाः पाल्पाको रामपुर नगरपालिकामा चलेको साङ्गीतिक व्यायाम सम्बन्धी तीन दिने तालिम सकिएको छ ।

नगरभित्रका सामुदायिक विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुका लागी रामतुलसी नमुना माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको हो । सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजनामा भएको तालिममा रामपुर नगरपालिकाभित्र रहेका मावि (९–१०) र आधारभुत तह (१÷८) का २२ विद्यालयलाई लक्षित गरेर तालिम दिइएको छ ।

तीन दिनसम्म चलेको तालिमको सहजिकरण लुम्बिनी प्रदेश खेलकुद विकास परिषद् सदस्य हरिस ओलीले गर्नुभएको हो । रामतुलसी नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको तालिम समापनका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा रहनुभएको हो । शैक्षिक क्षेत्रमा यस तालिमले ठूलो सघाउ पुग्ने हुदा नगर उपप्रमुख थापाले यस्तै तालिम आवश्यक परेमा नगर सरकारले साथ सहयोग गर्ने बताउनुहुदै शैक्षिक कार्यक्रममा नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।

रामपुर नगरपालिका शिक्षा अधिकृत विकल काफ्लेले तालिममा सिकेका सिपलाई सहभागी शिक्षकले आफु कार्यरत विद्यालयमा विद्यार्थीमाझ सीप सिकाउनुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा पाल्पाको रामपुरमा पहिलो पटक सांगीतिक व्यायाम तालिम सुरु गरिएको छ । सामाजिक डिभिजन कार्यालय पाल्पाका लेखा प्रमुख जनार्दन लोधले पढेर मात्रै सबै ज्ञान सीप पुर्ण नहुने हुदा विभिन्न क्रियाकलाप गरेर ज्ञान आर्जन गर्न सकिने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रामपुरमा मात्रै यो तालिम आयोजना गरिएको जानकारी दिनुहुदै यसै कार्यालय मार्फत गुल्मीको रेसुङ्गा नगरपालिकामा आयोजना गर्ने कार्यक्रम रहेको बताउनुभएको छ ।

कार्यक्रममा तालिमका सहजकर्ता लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिस ओलीले प्रदेश सरकारले हरेक जिल्लामा दुई÷दुई लाख वजेट विनियोजन गरेको जानकारी दिनुहुदै व्यायाम अति महत्वपूर्ण रहेकाले हरेक विद्यालयमा यस्ता कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

तालिममा सहभागी दरैठाँटी माविका शिक्षक मानबहादुर कँुवरले सामुदायिक विद्यालयको नतिजा सुधार्नका लागि पढाई मात्रै नभई साङ्गीतिक व्यायाम अति आवश्यक रहेकाले यस्तै खालका तालिमबाट नयाँ कुरा विद्यार्थीमाझ सिकाउन सकिने अनुभव बताउनुभएको छ ।

सीताराम माविका शिक्षक सरस्वती श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई रामतुलसी माविका शिक्षक रामभक्त पराजुलीले धन्यवाद र संचालन नवदुर्गा माविका शिक्षक दिपेन्द्र भट्टराईले गर्नुभएको हो ।