म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन् ।
गर्भवती महिलाका लागि
गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई संकुचित गरिदिन्छ भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्छ ।
स्तनपान गराउँने महिला
गर्भावस्थामा मात्र नभई बच्चा जन्माइसकेपछि पनि मेवाको सेवन हानिकारक हुन्छ । मेवामा हुने पापेन (एबउबष्ल) नाम विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैगरी, बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनुहुँदैन ।
एलर्जी
क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।
ब्लड प्रेसर
मेवाले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर, मधुमेहसँगसँगै ब्लड प्रेसरको समस्या भएकाहरुले मेवाको सेवा भुलेर पनि गर्नुुहुँदैन । साथै, प्रेसर नियन्त्रण गर्ने औषधि सेवन गर्नेहरुले डाक्टरको सल्लाहविना मेवाको सेवन गर्नुहुँदैन ।
मृगौलामा पथ्थरी
अध्ययनका अनुसार धेरै मात्रामा भिटामिन सीको सेवनले मृगौलामा पथ्थरी गराउँछ । मेवामा पनि उच्च मात्रामा भिटामिन सी हुने भएकाले जसले पथ्थरीको समस्या निम्त्याउँन सक्छ ।
झाडापखलामा
पेटमा समस्या भएको समयमा वा झाडापखला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ ।
मुटु रोग
मुटु रोगसँग सम्बन्धित समस्याबाट गुज्रिरहनुभएको छ र औषधि सेवन गरिरहनु भएको छ भने मेवाको सेवनबाट टाढा रहनुपर्छ ।
घाँटीको समस्या
एक दिनमा एउटाभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ । -ratopati
अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नु पर्ने हुन्छ। ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ। जुन व्यक्तिको कुण्डलीमा ऋणको दोष हुन्छ त्यस्ता व्यक्तिले उधारो तथा ल्याएको ऋण तिर्न नसक्दा निकै समस्या खेप्नु पर्ने हुन्छ।
ज्योतिष मनिष शर्माले कुण्डलीमा भएको ऋण दोष हटाउने निम्न उपायका बताएका छन् :कुण्डली र ऋणसँग सम्बन्धीत योग ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन्। त्यसलाई मंगल ग्रहको कारक मानिन्छ। मंगह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धीत हुने हुँदा अष्ठम, द्वादश, षष्ठम भावमा अशुव हुने हुँदा व्यक्ति ऋणी बन्ने गर्दछ।
यदी यी भाव र मंगलसँग शुभ ग्रहको दृष्टी पर्दा ऋण हुन्छ तर त्यसबाट छुट्कारा पाउन सकिन्छ। ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम कहिलै गर्न हुँदैन्।ऋणबाट मुक्ति पाउने उपाय शनिबार ऋणमुक्तेश्वर महादेवको पुजा गर्ने मंगलबाट पुजा, दान तथा होम गर्ने र जप गर्ने मंगल र बुधबार ऋण लिने दिने काम नगर्ने रातो र सेतो बस्त्रको प्रयोग गर्ने श्रीगणेशको पुजा आराधना गर्ने बुधबार श्रीगणेशको अथर्वशीर्ष पाठ गर्ने शिवलिंगमाथि प्रत्येक दिन दुध चढाउने
चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा नेपाली बालक प्रितम आचार्यको जादू कायमै छ । आइतबार राति प्रसारण भएको शोमा इटहरीका बालक प्रितम आचार्यले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् ।
पछिल्लो समय लगातार ‘चार्ट बस्टर’ प्रस्तुति दिइरहेका प्रितमले आइतबार पनि उत्कृष्ट प्रस्तुति दिए । जुरीबाट उनले शतप्रतिशत नम्बर ल्याएका छन् । प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत ‘सोचेंगे तुम्हे प्यार…’ गाएका थिए । उनले गाइसकेपछि जुरीहरुले उठेरै उनको गायकीको तारिफ गरेका थिए ।
चर्चित संगीतकार हिमेश रेशमियाले प्रितमको गायकीको खुलेर प्रशंसा गरे । उनले लगातार अतिथि जज र अन्य जजबाट प्रशंसा पाउँदै आएका छन् ।
हिन्दु शास्त्रले मानिसको दैनिक जीवनमा भएका यथार्थ घटनालाई उतारेको छ । विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीलाई धनि कसरी बन्ने भनेर केही शुत्रहरुको माग गर्दा इन्द्रलाई धनकी देवी लक्ष्मीले ५ प्रकारका व्यक्तिको उदाहरण दिएकी थिइन् ।
शास्त्रमा उल्लेख भएअनुसार त्यस्ता व्यक्तिको घरमा धनको बास कहिल्यै नहुने दाबी समेत गरेकी छन् । हेरौँ केके हुन् ती कुराहरु ।
१.काम भावनाः जुन घरमा स्त्री र पुरुषहरु काममा मात्रै लिप्त हुन्छन् त्यस्तो घरमा लक्ष्मीको बास लामो समयसम्म रहन सक्दैन् ।
२.अहंकारः जुन घरका मानिस अहंकार गरेर बस्छन् । त्यो घरमा अज्ञानता र क्रोध बढ्छ । त्यस्तो घरमा पनि लक्ष्मीले बास गर्न सक्दिनन् ।
३.लोभः अत्याधिक लोभ लालच गर्ने व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन नसक्ने शास्त्रमा उल्लेख गरिएको छ ।
४.हिंसाः जुन घरमा माछा मासु बढी प्रयोग गरिन्छ त्यस्तो घरमा पनि लक्ष्मीको बास हुँदैन् । माछा मासु बढी प्रयोग गर्ने घरमा लक्ष्मी बस्न चाहदिनन् ।
५.स्त्रीको अपमानः जुन घरमा महिलालाई अपमान गरिन्छ त्यस्तो घरमा लक्ष्मीको बास हुँदैन् ।
हिन्दुधर्ममा विश्वास गर्ने जो कोहीले आफ्नो घर बनाउँदा वास्तुशास्त्र अनुसार बनाएका हुन्छन् । कुन दिशामा कसरी बनाउने भन्ने कुरा अनुसार घर निर्माण गर्दा राम्रो हुने जनविश्वास रहेकाले यसरी घर तथा आवास निर्माण गर्ने परम्परा रहेको छ ।
त्यस्तै घरलाई कसरी सुख शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने कुरा पनि वास्तु शास्त्रमा उल्लेख गरिएको छ । त्यसकारण आज हामी तपाईहरुलाई वास्तु शास्त्रमा उल्लेख भएअनुसार घरलाई सुखी समृद्धि बनाउने केही उपाय बारे बताउन गइरहेका छौँ ।
१.घरको मुलढोकामा ठूलो ऐना राख्नु राम्रो हुन्छ । यसरी घरको गेटमा राखिएको ऐनामा घरमा आउने जो कोहीको प्रतिबिम्ब ऐनामा आओस् । यसो गर्दा घरमा कोही नकारात्मक उर्जा लिएर छिरेका छन भने त्यसको उर्जा फर्केर जान्छ ।
२.घरको मुलद्धारमा आर्शीवाद मुद्राम भएका हनुमानवजीको मूर्ति वा तस्वीर राख्दा दक्षिणतिर रहेको मुल गेटको वास्तुदोष हटेर जान्छ । घरको मुलद्धारमा पञ्चधातु पिरामिड लगाउँदा पनि वास्तुदोष हट्छ ।
३.घरको मुख्य द्धारमा वास्तुदोष देखिएमा घण्टी वा विन्डचाइम राख्नुपर्छ । जसले घरमा नकारात्मक उर्जा छिर्न दिँदैन् ।
४.घरको तुलसीको विरुवा रोपेर सन्ध्याकालमा हरेक दिन तुलसीको अगाडी दिपा बाल्दा घरमा रहेको वास्तुदोष हट्छ ।
५.घरमा रहेको सबैखाले वास्तुदोषको अन्त्य गर्न घरवरपर उम्रेको हरियो दुबो हरेक दिन गणेश भगवानको प्रतिमा चढाउँनुपर्छ ।
६.सख र शान्तिको लागि घरको उत्तरी भागमा धातुबाछ बनेको कछुवाको प्रतिमा राख्नुपर्छ । जसले नकारात्मक उर्जा प्रवेश गर्न दिँदैन् ।
७.घरको मुख्यद्धारमा आफ्नो सामथ्र्य अनुसार रंगेल बनाउँदा राम्रो हुन्छ । जसले माता लक्ष्मीलाई आकृष्ट गर्ने र नकारात्मक उर्जाहरु आउन दिँदैन् ।
नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछाने आइतबारदेखि १ सय १७ वर्षको हुनुभएकाे छ ।
आइतबार १ सय १७ वर्ष उमेर पुग्नुभएकी लामिछानेलाई जन्म दिनको शुभकामना दिन र विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकोमा बधाई दिनेहरु शनिबारदेखि नै उहाँको घरमा ताँती लागेका छन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक कोषले शनिबार नै उहाँको घरमा पुगेर अभिनन्दन गर्नुका साथै शुभकामना र बधाई दिएको छ । कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यको नेतृत्वमा गएको कोषको टोलीले बाटुली लामिछानेलाई केही आर्थिक सहयोग पनि प्रदान गरेको थियो ।
त्यस अवसरमा अध्यक्ष कर्माचार्यले बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उहाँको नागरिकता र स्वास्थ्य परीक्षणबाट पुष्टि भएको बताउनुभयो । बाटुली लामिछाने विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक रहेकोले त्यसका लागि नेपाल सरकारकातर्फबाट पहल गरिने जानकारी पनि उहाँले गराउनुभयो ।
भगवान गणेशलाई खुसी राख्न सके लामो समयदेखि रोकिएर रहेको काम सफल हुन्छ भन्ने मान्यता रहेको छ । यदि गणेश भगवान प्रसन्न छन् भने सबै काम सफल हुन्छ । भगवान शिव र माता पार्वतीको पुत्र गणेशलाई प्रसन्न बनाउने सजिलो उपाय रहेको छ । तर त्यसको लागि सहि तरिकाले उनको ध्यान गर्नु जरुरी रहेको छ ।
१.दुबोले गणेशको पूजा गर्नाले खुसी हुन्छन् । अथर्वशीर्षमा भनिएको छ की जसले गणेशलाई दुबोले पुजा गर्छ उ कुबेर सम्मान हुन्छ । किनकी दुबो गणेशको लागि अमृत सम्मान मानिन्छ ।
२. गणेशलाई मन पर्ने भोग अन्तरर्गत लड्डु पर्ने भएकाले उनलाई भोग दिँदा लड्डु चढाउनाले भगवान गणेशको कृपा सधै रहिरहने मान्यता रहेको छ ।
३.पञ्चामृतमा पाइने अर्को अमृत घ्यू गजानन्दलाई घ्यू निकै मन पर्छ । त्यसकारण भगवान गणेशको कृपा गर्नको लागि घ्यूले पूजा गर्नु राम्रो हुनेछ । जसले गर्दा पूजा गर्ने व्यक्तिको दिमाग तेज हुन्छ ।
सुन्दर रहनको लागी अनुहारको सुन्दरतासगैं कपाल पनि आकर्षक र बलियो हुन जरुरी छ । कपाल स्वस्थ, आकर्षक र बलियो बनाउँनको लागी के गर्ने भन्ने विषयको बारेमा थुप्रै जानकारी भएपनि कुन जानकारीलाई फलो गर्ने भन्ने दुबिधा छ । वातावरण प्रदुषण, मानसिक पिडाकोे कारणले गर्दा कपाल पातलो हुने, कपाल झर्ने, तालु खुइलिने लगायतका समस्या देखापर्दछ ।
सर्वप्रथम त कपाललाई स्वस्थ्य राख्न र झर्न नदिनको लागी पिडाबाट मुक्त हुन सक्नुपर्दछ । बाहिरी वातावरणमा हिड्नेलाई अत्याधिक धुलो, धुवाँ र प्रदुषणले अनुहारमा झै कपालमा पनि त्यस्तै असर देखाउँछ, त्यसैले बाहिर खुल्ला ठाउँमा हिड्दा कपाललाई छोपेर हिड्नुपर्दछ ।
कपाल आकर्षक र बलियो बनाउने चाहनाले गर्दा बजारमा केमिकल मिसिएको साम्रागी प्रयोग गर्नको लागी धेरै बाध्य भएका छन्, तर यसको प्रयोगको कारणले गर्दा केहि समयपछि साइड इफेक्ट देखापर्दछ, अत यस्ता सामाग्रीको प्रयोगबाट टाढै रहनुपर्दछ । कपाल झरेर धेरैको तालु खुइलिएको छ । यस्तो समस्याबाट बच्नको लागी तेल लगाएर मसाज गर्नुपर्दछ । समस्या परेपछि मात्र धेरैको बानी समस्या समधान गर्ने तर्फ लाग्ने हुन्छ । पछि पछुताउनु भन्दा पहिले नै यस्तो सर्तकता अपनाएमा तपाईको कपाल बाक्लो, आकर्षक र बलियो हुनेछ ।
१.कपाल नुहाउनु अघि जहिल्यै पनि १ वा २ घण्टा अघि तेल लगाएर मसाज गर्ने ।
२.तेल लगाउँदा मनतातो बनाएर मात्र लगाउने ।
३. तेल लगाउँदा कपाल नरम भएन भने नरम बनाउने तेलको प्रयोग गर्ने ।
४. धेरैनै सुख्खा कपाल छ भने नरिवको तेल लगाएर मजास गरी करिब ३ घण्टापछि मात्र नुहाउने ।
५.कपालमा कलर छ भने कपाल सुख्खा हुन्छ, कपाल नरम बनाउँनको लागी तोरीको वा जैतुनको तेल लगाउने ।
६.जरै सम्म तेल लगाएर केहि समय मसाज गर्ने ।
यस्ता उपायको साथमा कपाल चिसोपानीले मात्र नुहाउने गर्नुहोस् । तपाईको कपाल झर्ने समस्या, रुखो हुने समस्या आउदैन् र कपाल आर्कषक र बलियो हुन्छ ।
यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक ,मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ । त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ ।त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।
किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?
-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।
-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने , र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।
-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।
-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।
– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।
हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ । दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ अझैपनि । यद्यपि सहरतिर पनि तामाको भाँडाको प्रयोग नभएको होइन । धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् । आयुर्वेदका अनुसार तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिन्छ । हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन्ः
आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ । तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।
तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ । थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ । तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।
जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।
एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।
तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ ।
यसले रगतको विकार र कमी हुने समस्या हट्छ । पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ ।
विज्ञानले पुष्टी गरेको छ यी २० रोगबाट बचाँउछ
ब्लड प्रेशर, कोलेस्ट्रॉल नियन्त्रण गर्न
हार्ट अटैकबाट बचाउछ ।
स्मरणशक्ति मजबूत बनाउँछ ।
पित्त र कफ सम्बन्धि रोग भगाउँछ ।
पेटलाई क्षति गर्ने बैक्टिरिया मारेर अल्सर देखि कुनै किसिमका इंफ्केशन हुनबाट बचाउँछ ।
डायरिया, पीलिया, डिसेंट्री खतम गर्छ ।
एसिडिटी भगाउँछ ।
पेट, लिवर र किडनीको सुरक्षा गर्छ ।
एंटी इंफ्लेमेटरी प्रॉपर्टीज दुखाईको कम गर्छ
अर्थराइटिसको समस्या समाधान गर्छ ।
अर्थराइटिस र हाड जोर्नी दुखाई भगाउँछ ।
इम्यून सिस्टम मजबुद बनाउँछ ।
त्वचाको अल्ट्रावॉयलेट किरणबाट बचाउँछ ।
एंटी ऑक्सीडेंट्स को रुपमा काम गरेर अनुहार त्वाच्चा बचाउँछ ।
स्किनमा एक सुरक्षा लेयरको रुपमा बस्दछ ।
वजन कम गर्छ
डाइजेस्टिव सिस्टमको मजबुद बनाउँछ ।
शरीरमा बोसोको मात्रा कन्ट्रोल गर्छ ।
एंटी वाइरल, एंटी बैक्टिरियल र एंटी इंफ्लेटरी प्रॉपर्टीजको रुपमा काम गरेर घाउँलाई छिटै निको पार्ने काम गर्छ ।
इम्यून सिस्टमको मजबूत बनाएर सेल्सहरुको बिकास गर्छ ।