Thursday, June 4, 2026

चुल्ठेमुन्द्रेहरुको हर्कतमा वडाध्यक्षहरुः पत्रकार र प्रहरीलाई समेत हातपात

0

बुटवल, भदौं–१९ । विहिवार गुल्मीको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीको कार्यकक्षमा बुधवार लगाईएको ताला खोल्न प्रहरी पुगेको थियो । बन्द गरिएको ताला प्रहरीले खोल्ने क्रममा दालाबन्दी गर्ने नेपाली कांग्रेसबाट विजयी वडाध्यक्षहरु र अन्य जनप्रतिधीहरु किन ताला खोलेको हो ? भन्दै प्रहरी माथी जाई लागे । त्यस क्रममा प्रहरीले पनि केहि वडाध्यक्षहरुलाई समातेर तान्यो । त्यस पछि त्यहाँका केहि वडाध्यक्षहरुले देखाएको हर्कत शहर–बजारमा गुण्डागिरी गर्ने चुल्ठेमुन्द्रे र अल्लारे युवाहरुको भन्दा कम भएन् । त्यहाँ खटिएको प्रहरीहरुको कठालो समातरे कुटपिटमा उत्रिने देखि क्यामरा खिचिरहेका पत्रकारहरुलाई समेत नखिच भन्दै धम्काउँदै र हातपात गर्ने प्रयासको दृश्य देख्दा कानुनको राज नभई पाखुराको बलको राज चल्ने मुलुक जस्तो महशुस हुन्थ्यो ।

जिम्मेवार वडाध्यक्ष र कार्यापालिकाका महिला सदस्यहरुले मुखमा जे आयो त्यही बोलिरहेका थिए । प्रहरीलाई ‘साले–गधा ’ सम्मको गाली बेईजत गर्न पछि नपरेका कार्यपालिका सदस्यहरुले थोरै पनि पदिय मर्यादाको ख्याल राखेनन् । नगरपालिकाका मन्त्री मानिने वडाध्यक्षहरु नै प्रहरीलाई हातपात गर्न उत्रिए पछि कार्यापालिका सदस्यहरु पनि प्रहरीलाई झम्टिदै थिए । उनीहरुको आक्रमणबाट प्रहरी निरिह जस्तो भएर पछाडी हट्यो । उनीहरु नगरपालिकाको गेटबाट निस्कीए पछि जनप्रतिनिधीहरुबाट च्यानल गेट लगाईयो र जथाभावी बोल्ने कार्य रोकिएन ।

कारण यो थियो

आफु निकट एक शिक्षकलाई प्रधानध्यापक नियुक्ति गर्न नपाएको झोंकमा उनीहरु बुधबार र आज विहिवार समेत नगरपालिकाका कर्मचारी , पत्रकार , प्रहरी समेत माथी हातपातमा उत्रिएर उदण्ड मच्चाएका हुन् । तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानध्यापक आमा विरामी भई विदा लिएर गएको बेला नेपाली कांग्रेस निकट बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुरामणि पन्थी सहितको टोलीले सहायक प्रधानध्यापक युवराज ज्ञवालीलाई साउन ९ गते प्रधानध्यापक नियुक्ति गरेका थिए । त्यस विरुद्ध रेसुङ्गा नगरपालिकामा उजुरी परेपछि नगरपालिकाले उक्त नियुक्तिको निर्णय बदर गरि प्रधान अध्यापक थापालाई नै सो पदको काम काज गर्ने गरि नयाँ प्रधानध्यापकको छनौटको प्रकृया अगाडी बढाउन पत्र पठाएको थियो । त्यस विरुद्ध नेपाली कांग्रेसबाट विजयी वडाध्यक्ष सहितका जनप्रतिनिधीहरुले मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीको कार्यकक्षमा तालबन्दी गर्नु अघि आफु माथी हातपात र टेलुल फुटाउने जस्ता दुब्र्यबहार हुन थाले पछि आफुलाई कुट्ने डरले आफु भागेको मरासीनीले बताए ।

मेयर भुसाल भने काठमाण्डौंमा छन् । अन्य कमैचारी माथी पनि हातपात गरेर वडाध्यक्षहरुले गुण्डागिरीको शैली प्रकट गरेको त्यहाँका कर्मचारी र प्रहरीले बताएका छन् । सो नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले त वर्दिमा रहेका प्रहरीहरुलाई नै घोक्रेठ्याक लगाएर दुब्यवहार गरेका छन् । महिला सदस्यहरुले प्रहरीको कठालो समातेको दृश्य पनि पत्रकारहरुले खिचि रहेको बेला वडाध्यक्ष भरत भलामीले नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष तथा नेपाल टेलिभिजनका सम्वादातालाई क्याम्रा नखिच भन्दै हातपात गरेका छन् । वडाध्यक्ष भलामी , वडा नम्वर १२ का वडाध्यक्ष कुलबहादुर टण्डन , वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्री , वडा नम्वर ५ का वडाध्यक्ष शोभाखर शर्मा खनालको हर्कत लुल्ठेमुन्द्रहरुकै जस्तो देखिन्थ्यो ।

जिम्मेवार वडाध्यक्षले उत्तेजित कार्यकर्ताहरुलाई सम्हाल्नु पर्नेमा उनीहरु नै हातपातमा उत्रे पछि अरुहरु थप उत्तेजित हुँदै थिए । त्यस नगरपालिकामा कांग्रेसजनको बहुमुत रहेको छ । केन्द्रमा दुई तिहाईको दम्भ नदेखाउ ,नेकपाको सरकार लोकतान्त्रिक भएन भनेर कांग्रेसका शिर्ष नेताहरुले आवाज उठाउँदै आई रहेका बेला यता कार्यकर्ताहरुको लोकतन्त्र भने त्यस्तो देखियो ।

हातपात गरिएको होईन तानातान भएको हो

आन्दोलित ति जनप्रतिनिधीहरु मध्येका वडाध्यक्ष भरत भलामी संग सम्पर्क राख्दा प्रहरीलाई आफुहरु कुटपिट गर्न नभई धकाला धकाल मात्रै भएको प्रतिकृया दिए । तपाईहरु जस्तो जिम्मेवार जनप्रतिनिधीहरुले देखाएको त्यो हर्कत अलि अशोभनिय भएन र ? भन्ने प्रश्नमा उनले भने –‘ प्रहरी र पत्रकार माथी त हामीले हातपात गरेका होईनौं , तानातान मात्रै भएको हो । हामी संग त्यो हर्कतका भिडियोहरु नै छन भन्ने अर्को प्रश्नमा उनले भने–‘ हामी जनप्रतिनिधीहरुलाई पनि प्रहरीले सुरुमा हाता हाल्दाको पनि त आवाज उठ्नु पर्ने होला नि ?

हामी दुई जना वडाध्यक्षलाई प्रहरीले समातेर तानेको छ । तपाईहरु जस्तो लोकतान्त्रिक पार्टीका नेता र जनप्रतिनिधीहरु कानुनी रुप मै विवाद समधान तर्फ जानु पर्ने होईन र ? भन्ने प्रश्नमा उनले भने त्यही कानुनी रुपम मै समधान गर्छौं भनेर हामी शुक्रवार प्रमुख प्रशासकिय अधिकृतलाई भेट्न गएका थियौं , त्यस पछि पनि माग सम्वोधन नभए पछि तालाबन्दी गरेका हौं । त्यो हाम्रो नगरपालिका भित्रको आन्तरिक द्धन्द्ध हो त्यसमा प्रहरी किन हस्ताक्षेप गर्न पुग्यो ? –उनले भने ।

त्यस विरुद्ध नेपाल निजामती कर्मचारी संगठन गुल्मीले विज्ञप्ती जारी गरि जनप्रतिनिधीहरुले रेसुङ्गा नगरपालिकाका राष्ट्र सेवक कर्मचारीलाई कार्यालय मै पुगेर गरिएको अमानविय र अभद्र ब्यवहार विरुद्ध निन्दा गरेको छ । अध्यक्ष रामप्रसाद पन्थी र सह सचिव ओमबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा मानव अधिकारको हनन हुने गरिएको अभद्र ब्यवहारको निन्दा गरिएको छ ।

यसै बिच पत्रकार अनिल खत्री प्रति भएको अभद्र ब्यवहार विरुद्ध पनि नेपाल पत्रकार महासंघ गुल्मीले खेद प्रकट गरेको छ । महासंघको उपाध्यक्ष रहेका पत्रकार खत्रीले भने क्यामरा खिच्न लागेको बेला वडाध्यक्ष भरत भलामीले किन खिचेको भन्दै धकाल्नु भयो यस प्रति नेपाल पत्रकार महासंघ खेद प्रकट गर्दछ ।

समाचार संकलनका लागि गएका पत्रकार माथि दुब्र्यबहार,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि पनि अभ्रद्ध ब्यबहार ।

0

महेन्द्र नमुना माध्यमिक बिधालयमा प्रधानाध्यपकको नियुक्ति बिषयमा लिएर भएको बिबादमा बिहीबार नगरपालिकामा लागेको तालाको सन्र्दभमा समाचार संकलनका लागि गएका पत्रकारहरु माथि काग्रेसका कार्यकर्ताहरुले दुब्र्यबहार गरेका छन् । महेन्द्र नमुना माध्यमिक बिधालयमा प्रधानाध्यपक नियुक्तिको बिषयमा समितिको निर्णय नगरपालिकाले खारेज गरिदिएपछि नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा काग्रेस जनप्रतिनिधिहरुले ताला लगाएका थिए । जिल्ला प्रहरी कार्यलय गुल्मीबाट गएको प्रहरीको टोलीले नगरपालिकामा लागेको ताला खुलाउन खोज्ने क्रममा सामान्य बिबाद भएको समाचार संकलनका लागि गएका पत्रकारहरु थाहा खबरका गुल्मी समाचारदाता तिलाचन पाण्डे , नेपाल टेलिभिजनका अनिल खत्री र रेसुंगा टेलिभिजनका अजय जेम्स माथि अभद्ध ब्यबहार गरेका थिए । फोटो खिचिरहेको सन्र्दभमा पत्रकार माथि दुब्र्यबहार गरेको भन्दै नेपाल पत्रकार माहासंघ गुल्मीले समाचार संकलनका लागि गएका पत्रकारहरु माथि रेसुंगा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भरत भलामीले गरेको अभद्ध ब्यबहार प्रति गम्भिर ध्यान आकर्षण भएको जनाएको छ । नेपाल पत्रकार माहासंघ गुल्मीकी उपाध्यक्ष सीता भण्डारीद्धारा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तीमा समाचार संकलनका लागि गएका पत्रकारहरु माथी भएको दुब्र्यबहार प्रति गम्भिर ध्यान आर्कषण भएको भन्दै घटना प्रति दुःख ब्याक्त गरेको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई फोटो खिचिरहेको सन्र्दभमा किन खिचेको भन्दै वडा अध्यक्ष भरत भलामीले दुब्र्यबहार गरेका थिए । यस्तै रेसुंगा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीलाई नेपाली काग्रेसका जनप्रतिनिधिहरुले दुब्र्यबहार गरेको भन्दै नेकपा निकट जनप्रतिनिधिहरुले आफूहरुको गम्भिर ध्यान आर्कषण भएको जनाएका छन् नगरपालिकाका वडा अध्यक्षहरु वडा नं ६ का गनबहादुर गुरुङ वडा नं १० का पदम अर्याल वडा नं ७ का मोहोन पाण्डे वडा नं ४ का बिजय मरासिनी र वडा नं ११ का खुमबहादुर रानाको संयुक्त हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकतृतलाई दुब्र्यबहार गरेकोमा गम्भिर ध्यान आर्कषण भएको जनाएका हुन् ।

काग्रेस निकट जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीलाई जबरजस्ती बाहिर निस्कन धम्की दिएको र मरासिनी बस्ने कुर्चिमा आफूहरु बस्न योग्य भएको भन्दै अभ्रद्ध ब्यबहार गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । आवाज चित्त नबुझेको बिषयमा कार्यपालिकाको बैठक बोलाउन आग्रह गर्नुपर्ने भन्दै काग्रेस जनप्रतिधिहरुले उग्र रुप देखाएको बताएका छन् । यता काग्रेस निकट जनप्रतिनिधिहरुले भने महेन्द्र माध्यमिक बिधालयको प्रअ नियुक्तिको बिषय नमिले सम्म ताला नखोलीने दाबी गरेका छन् ।

धुर्काेट गाउँपालिकाद्धारा दुई स्वास्थ्य संस्थालाई नयाँ एम्बुलेबन्स हस्तान्तरण

0

गुल्मी जिल्लाको धुर्काेट गाउँपालिका ले गाउपालिका भित्र रहेको प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल र हाडहाडे हेल्थपोष्ट लाई २ओटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिका मा आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले नयाँ एम्बुलेन्सको चापी हस्तान्तण गरे ।यो संगै धुर्काे गाउँपालिका मित्र रहेका सबै स्वास्थ्य संस्थामा एम्बुलेन्स उपलब्ध रहेका छन । संघिय सरकारको बिषेश अनुदान रकमबाट २ बटा नयाँ एम्बुलेन्स खरिद गरिएको अध्यक्ष पोखरेलले बताए । नयाँ एम्बुलेन्सको मुल्य २५ लाख रहेको समेत पोखरेलले बताए ।अध्यक्ष पोखरेलले भने आमासुरक्षा कार्यक्रम अन्र्तगत धुर्काेट गाउँपालिका भित्रका सुत्केरी हुने महिलालाई स्वास्थ्य केन्द्र संग लाने ल्याउने एम्बुलेन्सले निशुल्क गर्ने गरेको बताए । एम्बुलेन्स हस्तान्तण कार्यक्रममा उपाध्यक्ष शिब केसी बडा अध्यक्ष लगायको सहभागि रहेको थियो गाउँपलिकाका ६ बटा बडामा एम्बुलेस भएको र एक मात्र बडामा अझै एम्बुलेन्स नभएको अध्यक्ष पोखरेलले बताए ।

नादेज्दा कप महिला फुटबल प्रतियोगितामा सहभागि हुन महिला फुटबल टिम कीर्गिस्तान प्रस्थान

0

कीर्गिस्तानमा हुने नादेज्दा कप महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली महिला फुटबल टिम बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

सेप्टेम्बर आठ ताखिरदेखि हुने प्रतियोगिताका लागि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे ।

बिदाइ कार्यक्रममा सिलवालले खेलाडीले खेल्नु अगाडि बीमा बिनाको खेलमा स्विकृति नदिन निर्देशन दिएका छन् । कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन जानु भन्दा खेलाडी र रेफ्रिको बीमा अनिवार्य गराउनु पर्ने, यदि बीमा नभएको प्रतियोगितामा सहभागिताका लागि स्विकृति नै दिन नहुने उनले बताए ।

यसका साथै खेलाडीले जुन पायो त्यही प्रतियोगितामा सहभागि हुन पनि रोक्नुपर्ने उनले बताए । उनले भने एन्फाले निश्चित क्यालेन्डर बनाएर, कसरी प्रतियोगिता व्यवस्थापन गर्न सकिन्छ, त्यो अब गर्नुपर्ने र यदि एउटै खेलाडी सबै प्रतियोगितामा खेल्न जाँदैछन् भने उनीहरुलाई कसरी आराम पुग्ने गरी प्रतियोगितामा सहभागिता गराउनु पर्ने हो त्यो एन्फाले गर्नुपर्छ ।

खेलाडी घाइते भएपछि कसले जिम्मेवारी लिने, उनीहरुको प्रदर्शन कसरी राम्रो गराउन सकिन्छ भन्नेमा ध्यान दिन अब ढिलो नगर्नुपर्ने सिलवालको भनाइ थियो । उज्यालो अनलाइनबाट

नाडाल यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

0

विश्व नम्बर दुई टेनिस खेलाडी राफेल नाडाल यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । विहीबार भएको क्वार्टरफाइनलमा अर्जेन्टिनी खेलाडी डिएगो स्वाट्र्जम्यानलाई ३–० को सोझो सेटमा हराउँदै नाडाल अन्तिम चारमा प्रवेश गरेका हुन् । १८ पटकका ग्राण्डस्लाम विजेता स्पेनिस स्टार नाडालले २१ औं वरीयताका डिएगोलाई ६–४, ७–५ र ६–२ को सेटमा हराए । फाइनल प्रवेशका लागि अब नाडालले इटालीका माटियो बेरेट्टिनीसँग प्रतिस्पर्धा गर्नेछन् । उज्यालो अनलाइनबाट

कलाकारहरुकाे यसपालीको तिज !

0

हरितालिका तिज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो पर्वलाई श्रीमान श्रीमतीको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रुपमा पनि लिइन्छ । श्रीमतीले श्रीमानको दीर्घायुको लागि व्रत बस्ने र पूजाआजा गर्ने यो पर्वको विशेषता हो । यो पर्वमा विवाह नभएकाले राम्रो श्रीमान पाउँ भनेर माग्दा त्यो माग भगवान शिवजीले पूरा गरिदिने विश्वास छ ।

यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ । हिन्दू धार्मिक ग्रन्थ अनुसार हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भएर चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । यही कारण तिज पर्व मनाउने गरिन्छ । आज हामीले तिजको अवसरमा महिला सेलिब्रेटीहरुको बारेमा चर्चा गर्दैछौँ  ।

दीपाश्री निरौला

विगत २७ वर्षदेखि कलाकारितामा सक्रिय दीपाश्री अभिनयमा सफल भएपछि निर्देशनमा हात हालिन् र सफलता पनि पाइन् । छक्का पञ्जाबाट निर्देशनमा डेब्यू गरेकी दीपाश्रीले डेब्यू निर्देशनबाटै कीर्तिमानी निर्देशकको परिचय पाइन् । काममा निकै मेहनत गर्ने दीपा धर्मकर्ममा पनि रुचि राख्छिन् । अझ शिव भगवानसँग उनको निकै नै लगाव छ ।

कोमल वली

गायिका, सञ्चारकर्मी तथा सांसद कोमल वलीका लागि तिज विशेष हुन्छ । उनी हरेक वर्ष तिजमा तिज गीत सार्वजनिक गर्ने गर्छिन् । केही वर्ष अघि मात्रै उनले पोइल जान पाम् भन्दै शिवजीलाई पुकारेको गीतले खुबै चर्चा पायो ।

उमेरका हिसाबले कोमल अहिले ५० कटिसकेकी छिन् । कोमलले कहिले पोइल जान पाम्, कहिले भेटिएन कोही जस्ता गीत गाएकी छिन् ।

निरुता सिंह

दार्जिलिङमा जन्मेर नेपाली सिनेमामा सफलता पाएकी निरुता अहिले मुम्बइमा बसोबास गर्दै आएकी छिन् । केही भारतीय विज्ञापन र सिरियलहरुमा समेत काम गरेकी निरुताले केही वर्षको अन्तरपछि नेपाली सिनेमामा पनि काम गरिन् ।

नाईँ नभन्नु ल ५ बाट कमब्याक गरेकी निरुताले त्यसपछि सिनेमा दाल भात तरकारीमा काम गरिन् ।

ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माले पनि जीवनका तीन दशक काटिसकेकी छिन् । ‘फस्ट लभ’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी ऋचा एकताका अभिनेता विनय श्रेष्ठसँगको प्रेमका कारण चर्चामा थिइन् ।

ऋचासँग अलग भएर विनयले ब्युटि थेरापिस्ट एनी थापासँग विवाह गरेर एक सन्तानका पिता बनिसकेका छन् । ऋचा भने यही वर्ष विवाह गर्ने तयारीमा छिन् । उनले आफ्नो विवाह यही वर्ष हुने तर कहिले भनेर पक्का नभएको बताउँदै आएकी छिन् ।

नम्रता श्रेष्ठ 

अभिनेत्री श्रेष्ठ अझै केही वर्ष सिनेमा क्षेत्रमा नै बिताउने बताउँछिन् । केही समय अघिमात्रै नम्रताले अभिनय तथा निर्माण गरेको सिनेमा जाइराले सामान्य व्यापार गरेको थियो ।

पूजना स्त्री

तीन दशक पार गरेकी पूजनाले सिनेमा ‘चक्लेट’ निर्माण गरिन् र आफैँ खेलिन् पनि । तर सिनेमाले सफलता भने पाएन । सडक बालबालिकाको कथालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको यो सिनेमाको असफलतापछि उनले सामाजिक सञ्जालमा नआउने निर्णय लिएर चर्चा पाएकी थिइन् ।

पूजना पुष्पराज पुरुषसँग प्रेममा रहेको चर्चा छ । पूजना अहिले सिनेमा क्षेत्रबाट पनि टाढा भएकी छन् ।

सम्झना बुढाथोकी

चार दशक टेक्न आँटेकी सम्झनाले मोडलिङमा सफलता पाइन् । लामाे समयसम्म उनले निर्देशक तथा मोडल शंकर बिसीसँग सँगै काम गरिन् ।

शोभा त्रिपाठी 

विगत १५ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय शोभा पनि तीस काटिसकेकी छिन् । तर उनी आफ्नो उमेर सार्वजनिक गर्न चाहन्नन् । हरेक सालको तिजमा उनले विभिन्न तिज विशेष गीतहरु बजारमा लिएर आउने गरेकी छन् ।

सुनिता दुलाल

अर्की गायिका सुनिता दुलाल पनि तीन दशक पार गरिसकेकी छिन् । केही वर्ष अघि उनले आफैँले आफू विवाह गर्ने तयारीमा रहेको हल्ला चलाएकी थिइन् । उनले हरेक वर्षको तिजलाई गीतमार्फत विशेष बनाउने गरेकी हुन्छिन् ।

उनी हरेक वर्ष तिज विशेष गीतहरु निकाल्ने गर्छिन् । यो वर्ष भने उनी नेपाली रियालिटी शो लोकस्टारमा जजको भूमिकामा छिन् ।  उनका ‘दर खाने दिन’ अब त मैलै नी झुम्का लगाउँछु, यस पाली नी खाने हो दर, नाचौँ सरर लगायतका तिज गीतहरु चर्चामा छन् । उज्यालो अनलाइनबाट

अर्पिताको घरमा सलमान र कैटरिना एकसाथ

0

गणेश चतुदर्शीको अवसरलाई बलिउडकर्मीहरू विशेष महत्व दिन्छन्। हरेक कलाकारले आफ्ना घरमा उत्सव मनाँउछन्। हरेक कलाकारले आफ्ना घरमा गणपति बाबाको मूर्ति निर्माण गर्छन्। यस्तै बलिउडका दबङबोय सलमान खानले आफ्नी बहिनी अर्पिता खानको घरमा गणपति बाबाका पूजा गरेका छन्। खान परिवार सरिक भएको पूजामा केटरिना पनि सामेल भएकी थिइन्। अर्पिताले केटरिना कैफलाई विशेष रूपमा निमन्त्रणा गरेको बताइएको छ। कैफले पनि पूजा गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ। उक्त भिडियोमा  क्रिश्चियन धर्ममा आस्था राख्ने कैफले धर्मको सम्मान गरेको भन्दै  सामाजिक संजालमा सकारात्मक टिप्पणी भइरहेको छ।थाहा खबरबाट

अविवाहित युवतीमा दूध चुहिने समस्या के हो?

0

प्रश्न : म २४ वर्षको छु। अविवाहित हुँ। तर, मेरो स्तनबाट दूध चुहिने समस्या देखिएको छ? निकै तनावमा छु। के हो स्तनबाट दूध चुहिने समस्या? के कारणले हुन्छ र उपचार के हो ? – एस


उत्तर : जिज्ञासाका लागि धन्यवाद। तपार्इ‌को जस्तै समस्या भएका धेरै युवतीको उपचार भइसकेको छ। त्यसकारण तनाव नलिनु होला। केही समयअघि राजधानीको एक कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया युवतीले कक्षामा पढिरहेको समयमा अनौठो अनुभूति गरिन् । अचानक छाति चिसो भएर आयो । तत्काल त्यति वास्ता गरिनन् । तर छाति भिज्ने क्रम बढ्दै थियो । घरमा आएर हेर्दा स्तनबाट दूध चुहिएको थियो । सुरुमा अनौठो लागेपनि यसलाई उनले गम्भीर रुपमा लिइनन् । तर अविवाहित उनमा यो समस्या बारम्बार दोहोरिने गर्न थालेपछि उनी निकै तनावमा परिन् । र एक साथीको सुझावअनुसार चिकित्सककहाँ पुगिन् । खासमा उनमा यो समस्या प्रोल्याक्टिन हर्मोनका कारणले भएको रहेछ ।

के हो स्तनबाट दूध चुहिने समस्या?
स्तनपान गर्ने बच्चा नहुँदा वा अविवाहित महिलाको स्तनबाट दुध चुहिने समस्या भइरहेको हुन सक्छ । के कारणले दुध चुस्ने बच्चा नभएको समयमा पनि स्तनबाट दुध बगिरहन्छ ? यसबारे जानकारी हुनु आवश्यक छ।

हाम्रो मस्तिष्कमा पिट्युरी ग्रन्थी हुन्छ । यसबाट प्रोल्याक्टिन हार्मोन उत्पादन हुन्छ । यो हार्मोनको काम स्तनको विकास गर्ने र बच्चा जन्मिएपछि दूध बनाउने हो । यो हार्मोन आवश्यक मात्रामा उत्पादन भइरह्यो भने केही असर पर्दैन । तर यसको मात्रा बढ्यो भने स्तनपान नगराउने महिला, अविवाहित महिला तथा पुरुषमा पनि दूध चुहिने समस्या हुन सक्छन् । प्रोल्याक्टिन हर्मोनको मात्रा बढ्ने अवस्थालाई ‘हाइपरप्रोल्याक्टिमेनिया’ भनिन्छ।

पिट्टुयरी ग्रन्थीमा कुनै कारणवश पलाउने ट्युमर, विभिन्न औषधिको असर वा अन्य कुनै रोगका कारण हार्मोनको मात्रा बढेको हुनसक्छ । खासगरि ग्याष्ट्रिक, साइकाट्रिससम्बन्धी औषधिको प्रयोग, धेरै कसिलो लुगा लगाउँदा या मस्तिष्कमा कुनै चोट लागेको भएपनि यो समस्या देखिन सक्छ।

यस्तो समस्या विश्वका १ प्रतिशत मानिसमा देखिन्छ । दुध चुहिने समस्या महिला–पुरुष दुवैमा देखिन्छ । तर बढी महिलामा नै भएको पाइन्छ । समयमा उपचार गरेमा यसको समस्याबाट मुक्ति पाउन सकिन्छ । यो धेरै देखिने रोग भने होइन।

प्रोल्याक्टिनोमालाई सामान्यतः २ प्रकारमा छुट्याउन सकिन्छ : 
माइक्रोएडेनोमा ट्युमर १० मिलिमिटरभन्दा सानो हुन्छ । त्योभन्दा ठूलो ट्युमर छ भने म्याक्रोएडेनोमा भनिन्छ । माइक्रोएडेनोमा प्रोल्याक्टिनोमको उपचारका लागि औषधि नै प्रयोग गरिन्छ । तर म्याक्रोएडेनोमा छ भने शल्यक्रिया पनि गरिन्छ ।

कस्तो देखिन्छ लक्षण ? 
प्रोल्याक्टिन हार्मोनको मात्रा बढेपछि महिला–पुरुषमा विभिन्न लक्षण देखिन थाल्छन् । यौनसम्पर्क गर्न मन नलाग्ने, अल्छी लाग्ने, महिलामा महिनावारी अनियमित हुने, घाँटी दुख्ने वा संक्रमण हुनेजस्ता लक्षण देखिन सक्छन्।

यस्तै, बाँझोपन, हड्डी कमजोर हुने तथा योनीमा दुखाई हुनेजस्ता समस्या हुन सक्छन् । आँखामा पनि विभिन्न समस्या देखिन्छन् । किनकि अप्टिक नली पिट्युरी ग्रन्थीनजिकै हुन्छ । यो ग्रन्थीमा समस्या आउनेबित्तिकै अन्य सहायक नलीको विकासमा समेत रोकावट ल्याउन सक्छ । पुरुषहरुमा स्तन बढ्ने पनि हुनसक्छ ।
यो रोग उपचारबाट निको हुन्छ । तर औषधि भने लामो  समय लिनुपर्छ । कम्तिमा दुई वर्षदेखि सात–आठ वर्षसम्म पनि औषधि सेवन गर्नुपर्ने अवस्था आउन सक्छ । स्तनपान गराउने महिले स्तनपान गराउन छाडेपछि पुन औषधि खानुपर्ने पनि हुनसक्छ । सामान्यता औषधि दिएरै प्रोल्याक्टिनको उपचार गरिन्छ । पिट्युरी ग्रन्थीमा ट्युमर पलाएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ।

मुख्यकुरा बुझ्नुपर्ने के हो भने हाइपरप्रोल्याक्टिमेनिया मष्तिस्कबाट आउने भएकाले आफ्नो बे्रेनलाई हरेक समस्याबाट मुक्त राख्नुपर्छ । छातीको समस्याले पनि यस्तो समस्या हुनसक्छ । कहिलेकाँही क्यान्सरको सम्भावना हुने भएकाले यस्तो समस्या देखिए  तत्काल चिकित्सको परामर्श लिनुपर्छ ।

डा दीना श्रेष्ठ, (नर्भिक अस्पतालमा कार्यरत डा श्रेष्ठ  इन्डोक्राइनोलोजिस्ट हुन्)

स्वास्थ्य खबरबाट

यू–१९ एशिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरू

0

काठमाडौं : १९ वर्ष मुनीको एशिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरु हुँदैछ।  प्रतियोगिता अन्तर्गत आजको खेलमा भारत र कुवेत तथा अफगानिस्तान र पाकिस्तानबीच प्रतिष्पर्धा हुनेछ। समूह बी मा रहेको नेपालले भने नेपालले पहिलो खेल आयोजक श्रीलंकासँग भोलि खेल्नेछ।  नेपाल रहेको समूह ‘बी’ मा श्रीलंकासहित बंगलादेश र युएई रहेका छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन्। यो प्रतियोगिताको आठौं संस्करण हो। यसअघि भएका सात संस्करणमा भारतले एकपटक पाकिस्तानसँग संयुक्त उपाधिसहित ६ पटक प्रतियोगिताको उपाधि जितेको छ। सन् २०१७ मा भने अफगानिस्तानले उपाधि जितेको थियो । नेपाल भने अहिलेसम्म प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन्।
थाहा खबरबाट

के हेरिन्छ डेंगुको किट परीक्षणमा?

0

हिजोआज  देशैभरि डेंगुको चर्चा र त्रास छ। यससँगै डेंगु परीक्षण गर्ने किटको अभाव र मूल्यका बारेमा पनि बेलाबेलामा चर्चा हुने गरेको छ।

डेंगुको संक्रमण भए/नभएको प्रोयागशाला परीक्षणबाट थाहा पाउन  सकिन्छ। प्रयोगशालामा गरिने विभिन्न परीक्षणमध्ये किटबाट गरिने परीक्षण सजिलो, छिटो र बिना कुनै औजार–उपकरण गर्न मिल्ने परीक्षण हो। किटबाट परीक्षण गर्दा बिरामीको रगतमा एनएस १, आइजीएम र आइजिजी भए/नभएको हेरिन्छ।

यसमध्ये एनएस १ डेंगु भाइरसबाट निस्किने एन्टिजेन हो भने आइजिएम र आइजिजी हाम्रो शरीरले डेंगु भाइरस विरुद्ध बनाउने एन्टिबडी हो। किटबाट परीक्षण गर्दा अहिले अथवा हालै भएको रोग डेंगु हो/होइन यकिन गर्न एनएस १ र आइजिएमको मुख्य भूमिका हुन्छ।

एनएस १ एन्टिजेन डेंगु भाइरसकै हिस्सा भएकोले भाइरस  संक्रमण भएको पहिलो दिनदेखि नै परीक्षणमा एनएस १ पोजिटिभ देख्न थालिन्छ र पाँचदेखि सात दिनसम्म पोजिटिभ हुनसक्छ। सात दिनपछि परीक्षण गराउँदा एनएस १ नेगेटिभ हुँदैमा डेंगुको संक्रमण छैन भन्न मिल्दैन।

डेंगु भाइरसको  प्रवेशपछि हाम्रो शरीरले त्यसलाई चिनेर त्यसविरुद्ध विस्तारै पहिला आइजिएम र त्यसपछि आइजिजी बनाउन थाल्छ।  संक्रमणको तीन दिन जति पछि ५० प्रतिशत बिरामीमा, पाँच दिनपछि ८० प्रतिशत  जति बिरामीमा र १० दिनपछि ९९ प्रतिशत बिरामीमा आइजिएम पोजिटिभ हुन्छ। आइजिएमको मात्रा पहिला विस्तारै बढ्छ। संक्रमणको दुई हप्ता जतिमा सबभन्दा बढी हुन्छ र त्यसपछि घट्दै गई पूरै नेगेटिभ हुन दुईदेखि तीन महिनासम्म लाग्न सक्छ।

आइजिजीको मात्रा आइजिएमसँगै अथवा अलि अघिपछि गरेर बढ्छ। दुईदेखि तीन हप्तासम्म बढ्दै जान्छ  र त्यसपछि विस्तारै घट्न  थाल्छ। पूरै नेगेटिभ हुन भने ६ महिना अथवा बढी समय लाग्नसक्छ। कुनैकुनै व्यक्तिमा एक चोटीको संक्रमणपछि वर्षौंसम्म पनि आइजिजी पोजिटिभ हुनसक्छ। पहिला संक्रमण भएर निको भइसकेपछि फेरि संक्रमण हुँदा एनएस १ र आइजिजी संक्रमण भएकै दिनदेखि पोजिटिभ देखिन सकिन्छ।

त्यसैले किटबाट परीक्षण गराउँदा डेंगु पोजिटिभ मात्र नभएर एनएस १, आइजिएम र आइजिजीमध्ये कुनकुन पोजिटिभ हो, त्यो थाहा भए मात्र अहिले बिरामी हुने कारण डेंगु हो वा होइन थाहा पाउन सकिन्छ। एनएस १ पोजिटिभ भए अहिले डेंगु छ, एनएस १ नेगटिभ भए पनि आइजिएम पोजिटिभ छ भने बिरामीलाई डेंगु छ अथवा हालसालै भएको थियो भन्ने बुझिन्छ भने आइजिजी मात्रा पोजिटिभ भए त्यो वर्षौं अगाडि भएको डेंगुको कारण पनि हुनसक्छ।

बजारमा विभिन्न कम्पनीका किटहरु उपलब्ध छन्। किटबाट गरिने परीक्षण सजिलो भए पनि  सधैं भरपर्दो चाहिं हुँदैन। त्यसैले आवश्यकता अनुसार अन्य जटिल तर बढी भरपर्दो परीक्षणहरु गराउन सकिन्छ। तर डेंगुको उपचार रोगको नभई लक्षणको हुन्छ। डेंगुलाई हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले आफैं परास्त  गर्ने र सो प्रक्रियामा बिरामीमा हुनसक्ने लक्षण र जटिलताको लागि मात्र चिकित्सकीय सहयोग चाहिने हुनाले किट या अन्य कुनै परीक्षण तुरुन्तै उपलब्ध भए पनि नभए पनि शंकाकै भरमा डेंगुको उपचार गरे पनि फरक पर्दैन।

(डा झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन्)

स्वास्थ्य खबरबाट