Friday, June 5, 2026

शुभ बिहानी । सुपादेउराली को दर्शन सहित आज आश्विन २३ गते बिहिबारको राशिफल कस्तो छ हेर्नुहोस् ।

0

वि.सं.२०७६ साल असोज २३ गते । बिहीबार । इस्वी सन् २०१९ अक्टोबर १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि द्वादशी,३४ घडी ४१ पला,बेलुकी ०७ बजेर ५३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र शतभिषा,५३ घडी १९ पला,रातको ०३ बजेर २१ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग गंड,५६ घडी ५१ पला,रातको ०४ बजेर ४५ मिनेट उप्रान्त वृद्धि । करण बव,बिहान ०६ बजेर ५३ मिनेट उप्रान्त वालव,बेलुकी ०७ बजेर ५३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा बज्र योग । चन्द्रराशि कुम्भ । काठमाडौँमा सूर्योदय ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३९ मिनेट । दिनमान २९ घडी ०४ पला । विश्व मानसिक स्वास्थ्य दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । शिक्षा तथा शिक्षा पेसा सँग सम्बन्धित कामहरूबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथी सँग थप आत्मीय भाव बढ्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पढाईकै सिलसिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा नजिक भई रमाउने समय रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ भने व्यापारको सिलसिलामा गरिने यात्रा निरर्थक हुनेछ । सवारी साधन तथा विलासी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आत्मबल तथा सम्यम्मता गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै टाढिनु पर्ने बाध्यता आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । विद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ भने न्यायिक निर्णयहरू तपाईकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरू केही भए स्वतः ठिक हुनेछ । व्यापार बिस्तार गरी मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र जस्तै स्कुल कलेज बैक तथा बितिय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रूपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा छोराछोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) अध्ययनमा समय दिन नसोस्दा अरूभन्दा पछि परिनेछ भने अरुकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथीभाइ तथा आफन्तसँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यवसाय समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । आमा तथा आफन्तसँग टाढिने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धिहरू हार खानेछन् भने तपाईँको कुरा काट्नेहरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हास खेलमा समय बित्नेछ । पढाई लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनितिकर्मिहरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । विद्यार्थी वर्गहरूका लागि मेहनत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा विलासिताका सर-सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । पढाई लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोर्‍याएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

राष्ट्र बैंकले खरानी बनायो पाँच खर्बका नोट

0

काठमाडौं । दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ । तर, नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ । राष्ट्र बैंकका अनुसार वर्षेनी करोडौं मूल्यका नोटहरु प्रयोगमा आउन नसक्ने गरी बिग्रिन्छन् । यदि तपाईंसँग भएको नोट काम नलाग्ने अवस्थामा पुगेको छ, तर त्यो नोटको नम्बर प्रष्ट देखिन्छ भने राष्ट्र बैंकबाट साटेर अर्को नलैजान सक्नुहुन्छ । अब तपाई लाग्न सक्छ, हामीसँग लिएको थोत्रा नोट राष्ट्र बैंकले गर्छ चाहिँ के नेपाली नोटहरुको आयु धेरै लामो हुँदैन । ठूला नेपाली नोटहरुको आयु ५ देखि ६ बर्ष हुने अनुमान गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बताउँछन् । उनका अनुसार एक हजार रुपैयाँ र ५ सय रुपैयाँ भन्दा कमका नोटको आयु अझ कम हुन्छ । यी साना नोटहरुको आयु २ देखि ३ वर्षको मात्र हुने अनुमान राष्ट्र बैंकको छ । राष्ट्र बैंकका अनुसार अहिले करिब ५ खर्ब रुपैयाँ बराबरका नेपाली नोट प्रचलनमा छन् । यसमध्ये राष्ट्र बैंक स्थापना हुनुअघि नै सरकारले निष्काशन गरेको ५७ लाख ५७ हजार ८ सय ९२ रुपैयाँ विभिन्न दरका नोटहरु समेत छन् ।

राष्ट्र बैंकको असोज पहिलो साताको तथ्यांकले बजारमा ४ खर्ब ९१ अर्ब ५९ करोड रुपैयाँ बराबरका विभिन्न नोटहरु प्रचलनमा रहेको देखाउँछ । जति नोट प्रचलनमा छन्, सोही हाराहारीमा हालसम्म राष्ट्र बैंकले नोट जलाइसकेको छ । करिब ५ खर्ब रुपैयाँ बराबरका नोट बजारमा रहेको र झण्डै सोही परिमाणका थोत्रा नोट जलाएर नष्ट गरिएको राष्ट्र बैंकले बताएको छ । कसरी नष्ट गरिन्छ नोट  मुलुकको केन्द्रीय बैंकसमेत भएका कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नियमन सुपरिवेक्षणका साथै मुद्रा छपाउनेदेखि नष्ट गर्ने सम्मका सम्पूर्ण कामहरु गर्ने अधिकार पाएको छ । यसका लागि २०५८ मा बनेको ऐनले नेपाल राष्ट्र बैंकलाई अधिकार दिएको छ । राष्ट्र बैंकले तपाईको थोत्रो नोटको सट्टा अर्को नोट साटिदिन सक्छ । तर, डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्ने अधिकार पनि राष्ट्र बैंकमा छ । राष्ट्र बैंकमा मुद्रा सम्बन्धी काम गर्ने मुद्रा व्यवस्थापन विभाग छ । जसको प्रमुख हाल राष्ट्र बैंकको प्रवक्ता समेत रहेका निरौला छन् । राष्ट्र बैंकमा यस विभागले तोकेको व्यक्ति संयोजक रहने गरी एउटा समिति बन्छ । यो समितिमा अर्थ मन्त्रालयको प्रतिनिधि, राष्ट्र बैंककै कानून विभागको अधिकृत, विभाग प्रमुखले तोकेका थप एक सदस्य र विभागकै एक अधिकृत सदस्य सचिव हुने व्यवस्था छ ।

राष्ट्र बैंकमा जम्मा भएका थोत्रा तथा काम नलाग्ने अवस्थामा पुगेका नोटहरु यहि समितिले निर्णय गरेर नष्ट गर्न सक्छ । राष्ट्र बैंकको काठमाडौं उपत्यकामा मात्रै नभएर ७ वटै प्रदेशमा कार्यालयहरु छन् । ती कार्यालयहरुमा समेत कहिलेकाहीँ नोट नष्ट गर्नु पर्ने अवस्था सिर्जना हुन्छ । त्यस्तो अवस्थामा राष्ट्र बैंकको सम्बन्धित कार्यालयको प्रमुख संयोजक रहने समितिले निर्णय गरेर नोट नष्ट गर्न सक्ने प्रावधान छ । समितिले जम्मा भएका नोट सिधै नष्ट भने गर्दैन । सबैभन्दा पहिला राष्ट्र बैंकले नष्ट गर्ने भनेर तयार पारेका नोट के कति छन् भनेर यकिन गर्छ । ती नोटहरुमा प्वाल पार्नु पर्ने हुन्छ । काम नलाग्ने भनेर चिन्नका लागि ती नोटहरुमा पञ्चिङ मेसिनले प्वाल पार्ने गरिन्छ ।यद्यपि, छपाई बिग्रेका र नेपाल राष्ट्र बैंक नोट सट्टाभर्ना नियमावली, २०५९ बमोजिम सट्टा भर्नाको दाबी परी प्राप्त हुन आएका नोटहरू धुल्याउँदा भने प्वाल पार्नु नपर्ने व्यवस्था छ ।जम्मा पारेर पञ्चिङ मेसिनले समेत प्वाल पारिसके पछि पुनः नोट के–कति परिमाणमा जलाउन लागिएको हो भनेर एकिन गरी मुचुल्का बनाएर राष्ट्र बैंकले ती नोटहरु जलाएर खरानी बनाउने गरेको छ ।

कलेजोमा जम्मा हुने कोलेस्टेरोल र घटाउने खानाहरू

0

काठमाडौं । कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ।

स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोल शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुनसक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।

नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ। यसलाई नियन्त्रित गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ।

१, ओखर

ओखरमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ। यसले शरीरको सूजन पनि निको पार्छ, जसबाट शरीरमा रक्तसन्चार प्रक्रियामा सुधार हुन्छ। ओखरमा ओमेगा ३ का अलावा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचूरमात्रामा पाइन्छ।

२,ओलिभ आयल

यो तेल मोनोस्याचुरेटेड फ्याटको सबैभन्दा राम्रो स्रोत हो। यसले पनि शरीरको सूजन कम गर्न सहयोग गर्छ र कोलेस्टेरोलको लेभल पनि कम गर्छ। यदि मुटुका लागि स्वस्थकर खानाको बारेमा चिन्तित हुनुहुन्छ भने ओलिभ आयल सेवन महत्वपूर्ण हुन्छ। यसलाई खाना पकाउने हिसाबले मात्र होइन, सलादको रुपमा पनि खान सकिन्छ।

३, रेडवाइन

मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ। तर वैज्ञानिक अनुसन्धानले रेड वाइनले कोलेस्टेरोल नियन्त्रणमा मद्धत गर्छ भन्ने देखिएको छ। रेडवाइन एक विशेषप्रकारको अंगुरबाट बनेको हुन्छ, जसलाई टेम्प्रानिलो रेड ग्रेप नामले चिनिन्छ। यसले कोलेस्टेरोल लेभललाई घटाउँछ। यसका लागि राति एक ग्लास वाइन पिउन सकिन्छ। तर, त्यो भन्दा धेरै पिएमा भने त्यसले उल्टो असर गर्नेछ।

४, सुन्तलाको जुस

सुन्तलाको जुस पनि कोलेस्टेरोल नियन्त्रण गर्ने विशेष प्रकारको सुपरफुड हो। सुन्तलाको जुसलाई बिहान ब्रेकफास्टमा लिन सकिन्छ। यो भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो। यसका अलावा यसमा म्याग्नेसियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन ए र पोटासियम भरपूर मात्रामा पाइन्छ। एक अनुसन्धानअनुसार सुन्तलाको जुस नियमित रुपमा पिउनाले कोलेस्टेरोलको लेभललाई नियन्त्रित गर्न सकिन्छ।

५, डार्क चकलेट

डार्क चकलेटमा हुने एन्टिअक्सिडेन्टले कोलेस्टेरोल नियन्त्रण गर्न सघाउ पु¥याउँछ। सानडियागो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले डार्क चकलेटले ब्लड सुगर र खराब कोलेस्टेरोल घटाउन सकारात्मक प्रभाव पारेको फेला पारेका थिए। यसले असल कोलेस्टेरोल बढाउन पनि भूमिका खेल्छ। यसका साथै यसले छाला स्वस्थ राख्न मद्धत गर्ने, दिमाग चुस्त पार्ने, रक्तसन्चार नियमित गर्ने, दृष्टि सुधार गर्नेलगायतका फाइदा रहेको पत्ता लगाएका थिए।

६, ग्रीन टी

ग्रीन टीमा हुने एन्टिअक्सिडेन्ट तत्व कोलेस्टेरोल घटाउन उपयोगी हुन्छ। अमेरिकन डाइटेटिक एशोसियनको जर्नलमा प्रकाशित अनुसन्धानअनुसार ग्रीन टी नियमित रुपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्टेरोलको स्तर निकै कम रहेको पाइएको छ। ग्रीन टीले ५ देखि ६ अंकसम्म कोलेस्टेरोलको कूल मात्रा र एलडीएल स्तर कम गर्न सहयोग गर्छ ।

काँग्रेस नेता डा.भण्डारीको दशैँ सिमान्तकृत बोटेमाझी बस्तीमा

0

कौरव खत्री/गुल्मी -नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीका बोटेमाझीहरुसँग दशैँ मनाएका छन् । बिगत चार वर्षदेखि सिमान्तकृत तथा अल्पसंख्यक बोटे माझी र दलित समुदायसँगै दशैंं मनाउँदै आएका भण्डारीले यस वर्ष पनि निरन्तरता दिएका हुन् ।साथै सोही अवसरमा बोल्दै कांग्रेसका नेता डा.चन्द्र भण्डारीले भने पछिल्लो समयमा नेताहरुले जनताको अभिभावकको भूमिका निर्वाह गर्न नसक्दा जनता दुखित भएको अवस्थामा अभिभावकत्व दिन सक्नु पर्ने बताए । साथै चार विद्यालय र अभिभावकहरुसँगै दशै मनाएको भन्दै बच्चाको भविष्यलाई सबै मिहेनत गर्यो र अभिभावकत्व प्रदान गर्न सके मात्र भने नेपाल छिटो अगाडी बढ्ने भन्दै नेपालीमा अशिक्षा र गरिवी भन्ने नरहने बताए ।

साथै उनले भने एउटा पाठ सबैलाई सिकाउन खोजेको भन्दै अलि अलि हुनेखानेहरुले आफ्नो परिवार आफ्ना छोराछोरीलाई मात्र नभएर अरुलाई पनि आफ्नो मान्यौ भने देश सम्पन्न हुन्छ भन्दै भारतका पूर्व राष्ट्रपतिको उदाहरण दिदै नेता भण्डारीले माझी बस्तीबाट बैज्ञानिकहरु जन्मन सक्छन् त्यसैले यसमा हामीले प्रयास गनुपर्छ भन्दै यसमा सबैले हात र मन फुकाएर सहयोग गर्न आग्रह गरे ।भण्डारीले अघिल्ला बर्षहरुमा झै दशैंको टीकाको दिन यस बर्ष पनि सिमान्तकृत तथा अल्पसंख्यक बोटे माझी र दलित समुदायका व्यक्तिहरुसँग टीका जमरा लगाएर उपहार आदान प्रदान समेत गरेका छन् ।दशैको दिन गुल्मी दरवार गापा १,माझीबस्तीमा पुगेर माझी प्राथमिक र नरहरि माध्यमिक विद्यालय तथा चन्द्रकोट गाँउपालिका ८को ज्ञानोदय माध्यमिक विद्यालयका गरि करिव २सय,५०जनाबोटे माझी र कुमाल विद्यार्थीहरुलाई टिका दक्षिणा सहित शैक्षिक सामाग्री कपि पेन र झोला उपहार दिएका थिए । त्यस्तै करिव ५सय बोटे माझीहरुलाई टिका दक्षिणा सहित नयाँ बस्त्र उपहार प्रदान गरेको भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले जानकारी दिए ।

साथै सोही अवसरमा गुल्मी दरवार गापा १,माझीबस्तीका समाजसेवी होम बहादुर माझीले भने सिमान्तकृत बोटे माझी समुदायहरुका लागि दशै पात्रोमा मात्र आउने गरेको दशैलाई बास्तविक दशैको आएको अनुभूति भएको र यसरी वर्षेनी आफ्ना नेतासँग दशैँ मनाउन पाउँदा सबैबोटे माझी बस्ती निकै हर्षित भएको बताए ।विपन्न परिवारको घरमा दशैंको खुशी थपेर भाइचाराको नयाँ संस्कृति सुरुवात गर्ने प्रयासमा भण्डारी निरन्तर लागि परेका छन् । भण्डारीले जिल्लाका २ सय जना विद्यार्थीलाई शैक्षिक शुल्क, व्यक्तिगत रकम खर्च गरी प्रत्येकलाई बार्षिक रुपमा झण्डै बीस हजारको दरले सहयोग प्रदान गर्दै आएका छन् । काठमाडौंमा १५ जनालाई शैक्षिक शुल्क व्यवस्था गरेका भण्डारीले १० जना विद्यार्थीको आवासिय सुविधा सहितको निःशुल्क पढाईको व्यवस्था समेत गर्दै आएका छन् ।साथै नेता भण्डारीले आज एकादशीको दिन हुगाँको र्झेदी र बम्घाका बोटे माझीबस्तीमा पुगेर बोटे माझी विद्यार्थीहरु माझीसमुदायहरुलाई टिका लगाउने र उपहार प्रदान गर्ने कार्यक्रम रहेको भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले जानकारी दिए ।नेता भण्डारी आफ्ना जिल्लाका नागरिकसँग सहकार्य गर्दै जिल्लाको विकास गर्ने नेताका रुपमा अव्वल सावित भएको स्थानीय बताउँछन् ।

कालिका क्वल रेसुङ्गा नगरपालिका वडा नम्बर ११ गुल्मीले दशै तिहारको शुभकामना सहित सांतितिक कार्यक्रम गदै

0

आश्विन २२ गुल्मी,
कालिका क्वल रेसुङ्गा नगरपालिका वडा नम्बर ११ गुल्मीले दशै तिहारको शुभकामना सहित सांगितिक कार्यक्रम गर्ने भएको छ । नेपालीहरुको महान चार्ड बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान सहित सांगितिक कार्यक्रम गर्न लागिएको क्लवका अध्यक्ष ज्योति रानाले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार सहित स्थानिय कलाकारको समेत प्रस्तुति रहने आयोजकले बताएको छ । कार्यक्रममा कालिका झाँकी र दोहोरी घम्साघम्सी हुने छ । दशैं तिहारको शुभकामना सहित साँस्कृतिक कार्यक्रम यही आश्विन २३ गते बिहीबार साँझ ७ बजे देखि सुरु हुने छ ।

आज एकादसी, टिका लगाउने क्रम जारी

0

विजया दशमीको शुभसाइत सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ। दशैंको टीकाको दोस्रो दिनका रूपमा आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ। कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टीकाको दिन मात्र टीका लगाउने चलन छ।आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो।असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ। यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ। यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ।दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशीको नामअनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ।

श्रममन्त्री बिष्टको दशैं : ८९ वर्षिय आमाबाट टिका

0

अनिल खत्री
२१ असोज, गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्टले गृह जिल्ला गुल्मी आएर आफ्नी आमाको हातबाट टिका लगाएका छन् । वडादशैंको टिका लगाउन गृह जिल्ला इस्मा गाउँपालिका वडा नम्बर ४ घरमा आएका मन्त्री बिष्टले आफ्नी आमा ८९ वर्षिय चिन्ताकला बिष्टको हातबाट टिका एबं आर्शिरवाद लिएका हुन् ।
बिभिन्न कारण बस बिगत ९ वर्ष पछि मात्रै आमाको हातबाट टिका लगाउन पाएको मन्त्री बिष्टले बताए । आमाको आग्रह अनुसार दशैंको टिका लगाउनको गृह जिल्ला आएको मन्त्री बिष्टले बताए ।
मन्त्री बिष्टले आमासँगै आफ्ना दाई इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको हातबाट पनि टिका लगाएका छन् । परिवारसँगै मन्त्री बिष्टले इच्छुक कार्यकर्ताहरुलाई पनि टिका ग्रहरण गरेका थिए ।
पर्वहरुले पारिवारिक मेलमिलाप, सद्भाव, भातृत्व बढने मन्त्री बिष्टले बताए ।    दशैं पर्व खुसी साटने पर्व भएकाले यस्तै खुसी आम नागरिको मुहारमा सधैभरी ल्याउनको निम्ति सरकार पनि लागि परेको बताए ।
दशैंको टिका लगाउन गुल्मी आएका मन्त्री बिष्ट बुधवार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

विजयादशमी मनाइँदै: देवी विसर्जनको साइत ८ः४५, टीकाकाे साइत १०:३५ मा

0

काठमाण्डाै – बडादशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँको सबैभन्दा महत्वपूर्ण दिन हो । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिन्छ । आज देवी विसर्जनको उत्तम साइत बिहान ८ः४५ बजे रहेको छ । टीका प्रसाद लिन साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तर विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत भने खोज्नु नपर्ने समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले जानकारी दिनुभयो । मङ्गलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ । टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमको भनाइ छ । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानेर लगाउने गरिन्छ । जमरामा औषधीय गुण समेत रहेको तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

दशैको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा उत्तम

0

बुटवल । दशैको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा अति उत्तम

हिन्दुहरुकाे महान चाड बडा दशैंकाे टीकाकाे साइत सार्वजनिक भएकाे छ । नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षको बडा दशैंको टीकाको साइत सार्वजनिक गरेको हाे । आउँदो असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा टीकाको साईत उत्तम रहेको समितिले जनाएको छ । यद्यपी साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने बताइएको छ ।

यस वर्षको घटस्थापना असोज १२ गते परेको छ । असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएकाे छ । यस्तै टीका अघि गरिने देवी विर्सजनको शुभ साइत असोज २१ गते मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा रहेको समितिले जानकारी दिएकाे छ ।

यसैगरी असोज १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातिको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा उत्तम साइत रहेको जनाइएकाे छ ।

बडा दशैंको नवौं दिन :गुल्मीका शक्तीपिठहरु भक्तजनले भरिए

0

अनिल खत्री , गुल्मी । बडादशैंको नवौं दिन आज बिभिन्न मन्दीर तथा शक्तिपिठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अबसरमा गुल्मीका बिभिन्न देवालयमा पूजाआज तथा बिभिन्न मेडाहरुको बली दिएर मनाएका छन् ।
नवमीको अबसरमा गुल्मी स्थित धार्मिक तथा ऐतिहासिका मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, अर्जुन भगवती मन्दीर, तम्घास मन्दिर लगायतका स्थानका मन्दिरहरुमा पूजागर्नेहरुको ठुलो भिड लाग्ने गर्दछ । जुन मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यता पनि  छ । महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन् । देवतालाई बली दिएर मनको आकांक्ष पुरा हुने बिश्वासका साथ बली दिने गर्दछन् ।कतिपय साहाकारीले कुबिन्नो, काक्रा,मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । बली दिएसँगै देवता खुसी हुने र आफुले मनले आटेका चिताएको कुरा पुरा हुन्छन् भन्ने मान्यता रहेको जनश्विास छ । परिवारको खुसशान्तीको कामनामा बली दिने गर्दछन् । गुल्मीका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा तथा वली दिनेहरुको भिड लागेको थियो । काम बिशेषले शहर र रोजगारिको लागि बिदेसीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु यतिबेला चहलपहल बढेको छ ।चाडपर्वमा नयाँ कपडा लगाउनु पर्छ मिठो खानु पर्छ भन्ने मान्यताले बजारमा किनमेल गर्नेहरुको भिडले बजारमा चहलपहल बढेको छ । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि शहरबजारमा भन्दा ग्रामीण क्षेत्रमा चहलपहल बढेको हो । जिल्लाका तम्घास सहित मुख्य बजारहरु सुनसा नबनेको छ भने ग्रामीण गाउँ बस्तीमा मानिहरुको उलेख्य चहलपहल र उल्लासमय बातावरण बनेको छ । हिन्दुहरु धर्म मान्नेहरुको लागि बिशेष चाड बिशेष पर्वको रुपमा मनाइने बिजया दशमी दशैं प्रमुख चाडको रूपमा मनाईन्छ । दशैं पर्व असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ ।आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म शक्तिकी देबी दुर्गामाता को पूजाआराधना गरी दशमी को दिन दशमीको टिका प्रसाद ग्रहण गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ ।दशै आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापना देखि सुरु भएर कोजगात पूर्णिमासम्म (१५ दिन सम्म ) बिजया दशमी दशैको छुट्टै महत्वका साथ मनाउने गरिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन लाई घटस्थापना भनिन्छ । यसै दिन देखी नबरात्री आरम्भ हुन्छ । प्रतिपदादेखि शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।दशैंको दशमीको दिन आफ्ना मान्यजनहरु बाट टिका तथा जमरा लगाई आशिर्बाद ग्रहण गरिन्छ । आफ्नो क्षमता अनुसार मिठो खाने खुवाउने पनि गरिन्छ ।